दुर्घटना ग्रस्त विमानमा कुन देशका कति नागरिक थिए ? कहाँ उपचार भईरहेको छ ?



सैघाली खबर
काठमाडौँ २८ फागनु । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमवार अपरान्ह दुर्घटनामा परेको युएस बंगला विमानमा रहेका ६७ यात्रुमध्ये २२ नेपाली यात्रुको नाम यकिन भएको र ११ नेपालीको पहिचान खुल्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा ३२ बंगलादेशी तथा एक एक चिनियाँ र माल्दिभ्सका नागरिक सवार थिए ।

कसको कहाँ उपचारर ?

केएमसी अस्पतालमा

विमान दुर्घटनामा परेका २५ यात्रुलाई केएमसी अस्पताल पुर्याइएको छ । पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

केएमसीमा मृतक घोषणाा

उपचारका लागि लगिएकामध्ये आठ जनाको निधन भएको चिकित्सकले घोषणा गरेका छन् । अस्पतालले मृत घोषणा गरेका यात्रुमा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद महिला ९चालक दल० र खवाज हुसेन९ चालक दल०, प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु छन् ।

अन्य अस्पतालमा उपचार गराइरहेकाहरु

यात्रुहरु किशोर त्रिपाठी र हरिशंकर सुवेदीलाई ग्राण्डी अस्पताल टोखामा सिफारिस गरिएको छ । घाइते दयाराम ताम्राकारलाई न्यूरो अस्पताल र केशव पाण्डेलाई मेडिसिटी अस्पताल पठाइएको छ । केएमसी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा दामोदर पोखरेलका अनुसार २५ घाइतेको उपचार भइरहेको छ ।

नर्भिकमा पाँचको उपचार, दुई गम्भीर
नर्भिक अस्पतालमा वसन्त बोहरा, सनम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेल र एक बंगलादेशीको उपचार भइरहेको छ । अस्पताल परिसरमा आफन्तजनको भीड लागेको छ । अस्पतालमा ल्याइएका घाइतेमध्ये दुईको अवस्था चिन्ताजनक छ । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्