पाइलटले पालना गरेनन् टावरको निर्देशन



सैघाली खबर
काठमाडौँ २८ फागनु । बंगला एयरलाइन्सको विमान दुर्घटनामा पर्नुमा पाइलट दोषी रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । आज सोमबार साँझ पत्रकार सम्मेलन गरेर विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनलमा रहेका एयर ट्राफिकको निर्देशन अवज्ञा गरेकाले विमान दुर्घटनामा परेको जनाएको हो ।

सोमबार दिउँसो २ बजेर १८ मिनेटमा धावनमार्गको पूर्वतर्फ दुर्घटनामा परेको जहाजमा ६७ जना चालक दलका सदस्यसहित ७१ जना सवार थिए ।
त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजेन्द्रकुमार क्षेत्रीले दक्षिणतर्फबाट ल्यान्ड गर्न निर्देशन दिँदा दिँदै पाइलटले अटेरी गरेकाले यति ठुलो दुर्घटना हुन पुगेको जनाएका छन् ।

‘जहाजलाई जिरो एयर ट्राफिक कन्ट्रोलरले दक्षिणबाटै अवतरण गराउन भनेका थिए, तर पाइलटले मानेनन्’, क्षेत्रीले पत्रकार सम्मेलनमा भने, ‘तर पाइलटले टावरको पाइलटले उत्तरबाट ल्यान्ड गर्छु भनेपछि उत्तर पूर्वतिर दुई राउन्ड घुमाएको पाइयो । जहाज दुई राउन्ड घुमाएपछि पुनः एटीसीले ‘आर यु ओके’ भन्दा पाइलटले कुनै रेसपोन्स गरेनन् ।’

पाइलटले उत्तरबाट ल्यान्ड गर्ने तयारी गरेपछि एटिसीले जहाजको एलाइन्टमेन्ट मिलेको छैन भन्दा पनि रेसपोन्स नगरेको क्षेत्रीले बताएका छन् । ‘एटीसीले भन्दा भन्दै पाइलटले रेसपोन्स नगरेको पाइयो । त्यसपछि जहाज टावरको छेउतिरबाट आर्मीको ह्याङ्गर निर आयो, ग्राउन्डमा रहेको अर्को जहाजसँग ठोक्किन खोज्दै जहाज दुर्घटनामा परेर आगो लाग्यो ।’

क्षेत्रीले जहाजमा आगो लागेपछि उद्धारक टोली तयारी अवस्थामा भएकाले अझ ठुलो क्षति हुनबाट जोगिएको पनि जिकिर गरे । ‘आगलागीको लागि उद्दारमा टोली तयार भएकाले चाँडै नियन्त्रणमा आयो’, उनले भने, ‘१०÷१५ मिनेट ढिला भएको भए अझ अवस्था खराब हुन्थ्यो ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्