सहयोगीको हात पाउदै आधारभुत निमावी बराहखुट्टी



सैघाली खबर
दाङ, २९ फागुन । २०३९ साल देखी शिक्षण यात्रा प्रारम्भ गरेको आधारभुत निमावी बराहखुट्टी विपन्न गाउँमा शिक्षा दियो बाल्दै आईरहेको छ । दलित वस्तीको विचोविच भागमा रहेको निमावी बराहखुट्टी दलितकै छोराछोरी पढ्न । जसका कारण दलित वस्तीको आशाको किरण बनेको छ बराहखुट्टी । विपन्न गाउँमै भएर होला बस्न कोठा , पढाउने ठाँउ भन्ने छ । तर खिया लागेको टिन पतपत पानी चुहिने वर्खामा विद्यार्थीहरु भिजाउछ । यस्तै समस्या अवस्था वाट गुज्रदै आईरहेको निमावी बराहखुट्टी पछिल्लो समय सहयोगी हात पाउदै मुहार फेर्ने प्रयासमा छ ।

विद्यालयमा हाल दुई सय ६५ विद्यार्थीहरु नियमित अध्ययन गर्दै आईरहेका छन । तर विद्यालयको भौतिक अवस्था अझै उस्तै छ । विद्यालयमा अध्ययन गरेका पुर्व विद्याथीृ , सहयोगी संघसंस्था र सहयोगी मनहरुको मनोकारीले अहिले केही फेरिने जमर्काे गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जय कुमार नेपालीले सहयोगी दाताहरुको स्कूल शैक्षिक सुधार विस्तारै फेरिदै गईरहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘ विपन्न गाउँको यो स्कूलले गरीवीको पीडा खेपीरहेको छ । ’ राज्यले केही शिक्षकको बन्दोबस्त गरेको छ । तर त्यो पनि अपुग छ । जसका कारण गाउँले , सामुदायिक बनले नीजि शिक्षकको राखेर वालवालिकाहरु पढाईरहेको उहाँले बताउनुभयो ।

विद्यालयको शैक्षिक सुधारका पुर्व विद्यार्थी विद्यालयको स्तरोन्नतीका लागि सहयोग दाता बन्ने गरेको उहाँका भनाई छ । गत वर्ष विद्यालय लाई सहयोगदाता पुर्व विद्यार्थी यामु थापाले बेन्च , डेक्स , शिक्षण सामाग्रीहरु प्रदान गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपालीले बताउनुभयो । पेशा व्यवसायको शिलशिलामा बुटवल उपमहानगरपालिका – २ मा बसोबास गर्दै आईरहनुभएका थापाले विद्यालयमा निरन्तर सहयोग गर्दै आईरहनुभएको उहाँले जानकारी दिनुभयो । चालु ्शैक्षिक सत्रमा पनि थापाले विद्यालय लाई केही सहयोग पु¥याउछु भन्ने खबर दिएकाले विद्यालय सहयोगको आश्वासन दिएको उहाँले बताउनुभयो ।

विद्यालयका पुर्व विद्यार्थी तथा सहयोगदाता यामु थापाले आफुले पढेको विद्यालयमा केही गर्छु भन्ने मनोभावना वाल्यवस्था देखी रहेको मनोकाक्षा र विद्यालयको सुधाकार लागि आफुले वर्षेनी सहयोग प्रदान गर्दै आईरहनुभएको छ ।

थापाले विकट गाउँमा रहेको उक्त विद्यालयको शैक्षिक सुधार गरी गरिव गाउँलाई शिक्षित , सभ्य र स्वथ्य गाउँ निर्माणका लागि आफुले सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ आफैले पढेको स्कूलको व्यथा देख्दा आफ्नै चित्त दुख्थ्यो । ’ विद्यालयको त्यो अवस्था लाई कलिकति पनि फेर्ने प्रयासमा आफुमा रहेका उहाँले बताउनुभयो ।

विद्यार्थी संगै अभिभावकहरुको कपाल कटाई
स्वस्थ्य र सरसफाई कार्यक्रम अन्तर्गत श्री आधारभुत निमावी विद्यालय बराहखुट्टीमा विद्यार्थीहरु संगै अभिभावकहरुको कपाल कटाई गरिएको छ । स्वस्थ्य नै धन हो , स्वस्थ रहौं निरोगी बनौ भन्ने मुलनाराका साथ सहयोगी हातहरुको सहयोगमा सामुहिक कपाल कटाई गरिएको छ । विद्यालयमा अध्ययन दुई सय ५ जना विद्यार्थी र ६० जना अभिभावकहरुको कपाल कटाई गरिएको पुर्व विद्यार्थी यामु थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य परिक्षण
गरिवीका कारण स्वस्थ्य सेवा वाट विमुख रहेका बराहखुट्टी निमावीमा मंगलवार विद्यार्थी , शिक्षक , अभिभावक र अन्य सर्वसाधरणहरको स्वास्थ्य परिक्षण गरिएको छ । नेपाल नेशनल प्याथोलोजी एण्ड रिर्सज प्राली दाङ, ब्लड बैंक घोराही र रेडक्रस सोसाईटी जिल्ला शाखा दाङको समन्वयमा स्वास्थ्य परिक्षण गरिएको थियो । जसमा ५ जना विद्यार्थीहरुमा भेटिएका थियो । भने सोही अबसरमा विद्यालयले ब्लड बैंक घोराहीमा रक्तदान समेत गरिएको छ । जसमा यामु थापा , पोषण भण्डारी , विद्यार्थी र अभिभावक गरी १३ जनाले रक्तदान गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्