दाङमा जिल्ला प्रशासन कार्यालय घेराउ




दाङमा एमसीसी विरुद्ध बिरोध प्रदर्शन तथा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा , नेकपा ( माले) र देशभक्त जनतान्त्रिक मोर्चाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलई राजमो लुम्विनी प्रदेश सल्लाहकार शुरेस थापाले नेपालमा दिनहु कालाबजारी, महंगी, भ्रष्टाचार बढ्दै छ तर नेपालका नेताहरु राष्ट्रघाती एमसिसि सम्झौता पास गर्न लागी परेको छन । जसरी रातारात बिगतमा राष्ट्रघाति

 

सम्झौतीहरु पास गरे त्यसरी नै एमसिसि पनि नेपाली जनतालाई झुक्काएर गलत व्याख्य गरेर पास गर्ने तयारीमा छन । थापाले भन्नुभयो एमसिसि व्याख्य गरेर पास होईन खारेजी गर्नुपर्छ।

त्यसैगरी नेकपा (माले)का कपिल पोख्रेल , देशभक्त जनतान्त्रिक मोर्चाका ईश्वरी गैरे, नेकपा ( क्रान्तिकारी माओवादी) का समिर र नेकपाका कामरेड शितल लगायतले मन्तब्य र मनिराम खनालले एमसिलि बिरुद्ध “अनुदान” शिर्षक कविता वाचन गर्नु भएको थियो भने सभाको सहजीकरण अमर खड्काले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्