शिक्षक माथि कुटपिट गर्नेलाई कार्यवाही काे माग गर्दै शिक्षक संगठनहरुले जिल्ला प्रमुख अधिकारीलाई ज्ञापनपत्र बुझाए



फागुन १५ कपिलवस्तु : राष्ट्र सेवक का रुपमा काम गर्दै अाएका  प्रहरीले कपिलवस्तु मा एक शिक्षकलाई निर्घात कुटपिट गरेका छन् । कुटपिट गरेका प्रहरीलाई कार्यवाही का लागि शिक्षक संगठनहरुले संयुक्त रुपमा जिल्ला प्रमुख अधिकारी चक्रपाणि पाण्डेयलाई ज्ञापनपत्र बुझाएका छन् ।

रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालय ताैलिहवा मा  निम्नमाध्यमिक  तह का स्थायी शिक्षक दिनेश प्रसाद बढई लाई फागुन १३ गते राति १० बजे तिर आफ्नो श्रीमतीलाई औषधि खुवाउन इन्डाेर फाटमा ताताे पानी माग्न जाता त्यहा का कर्मचारी अाविदा खातुनले अपशब्द बोली रहँदा तपाई सभ्य र शिष्ट शब्दको प्रयोग गर्नुस् भनी अनुरोध गर्दा फाट मा खटिएका सुरक्षाकर्मी प्रहरी जवान सत्रजीत हरिजनले आफू फाट को इन्चार्ज हु भन्दै उहाँले डर, धम्की , गाली गलाैज  गर्दै आफ्नो प्रहरी कर्मचारी हवलदार अर्जुन खत्रीलाई बोलाइ शिक्षक दिनेश बढईलाई हरिजनले घाँटी समातेर माेटाे लठ्ठीले अन्धाधुन्ध तरिकाले निर्घात कुटपिट गरी शक्त घाइते बनाएको र अस्पतालमा रहेका कुरुवाले छुटाएकाे नभए शिक्षक बढई को जान समेत जान सक्थ्यो ज्ञापनपत्रमा उल्लेख रहेको छ ।

शिक्षक दिनेश बढइलाई प्रहरीले निर्घात कुटपिट गर्नु अर्मयादित निन्दनीय कानुन विपरीत रहेकोले उक्ति घटनाको अनावश्यक खोज अनुसन्धान गरी दोषी उपर कडा भन्दा कडा कार्यवाही र पीडितलाई अनावश्यक उपचार खर्च क्षतिपूर्ति सहिद न्याय दिलाई दिनुहुन को लागि कपिलवस्तु जिल्ला प्रमुख अधिकारी चक्रपाणि पाण्डेयलाई शिक्षकका संगठनहरुले संयुक्त  ज्ञापनपत्र दिइएका छन् ।

शिक्षक संगठनहरुले नेपाल शिक्षक महासंघ कपिलवस्तु , नेपाल शिक्षक संघ कपिलवस्तु , नेपाल राष्ट्रिय शिक्षक्ष संगठन कपिलवस्तु , नेपाल शिक्षक मञ्च कपिलवस्तु र लाेकतान्त्रिक शिक्षक युनियन कपिलवस्तु मिलेर संयुक्त रुपमा दोषीलाई कार्यवाही को माग गरेका छन्  । संगठनहरुले ज्ञापनपत्र मा उल्लेख गरेका छन कि पीडितले न्याय नपाएको  खण्डमा शिक्षकहरूले अन्दाेलन गर्न बाध्य हुने छन्  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्