दाङमा एमसिसि विरुद्ध विशाल प्रदर्शन




२०७८/११/२५ दाङमा राष्ट्रघाती एमसीसी सम्झौताका  विरुद्ध य्राली सहित विरोध सभा घोराहीमा सयुक्त विद्यार्थी सगंठनको आयोजनामा सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौं) , नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी  को  संयुक्त आयोजनामा बिरोधसभा सम्पन्न भएको छ ।

विरोध सभालाई सम्बोधन गर्दै अखिल (छैठौं) दाङ जिल्ला अध्यक्ष लक्ष्मन विकले  राष्ट्रघाती एमसीसी सम्झौता पास भए पनि कार्यान्वयन हुन नदिनको लागि र पेट्रोलियम मूल्यवृद्धि कम गर्न अझै     देशभक्त आमाबुवा , दाजुभाई र विद्यार्धी साथी जाग्रुक भएर सचेत भएर अन्दोलनमा आउन अह्रवान गर्नु भएको छ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी का केन्द्रिय सचिवालय सदस्य दिपक बिष्ट र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका फ्यक्सन ईन्चार्ज उदयराज भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो भने  सभाको सहजीकरण अमर खड्काले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्