सुकुम्वासीहरूले घेरे पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको निवास



काठमाडौँमा सरकारमा आबद्ध र प्रतिपक्षी दल र लामो समय देखि सुकुम्वासीहरूको अधिकारको पक्षमा आवाज उठाउँदै आएका सङ्घ सङ्गठन र सस्ताहरूको छाता संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको पटक पटकको वैकल्पिक व्यवस्था बिना तत्काल कुनै पनि स्थानमा रहेका भूमिहीन,सुकुम्वासी, अव्यवस्थित बसोबासलाई उठीबास नगर्न नगराउन अनुनय विनय आएका काठमाडौँको तर मन्त्री आलेले उक्त अनुरोधलाई नसुनेको बताउँदै नागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ७,८ र ९ मा रहेका सुकुम्बासीहरु लाइ तत्काल उठिबास नगर्न नगराउन भन्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको निवासमा धर्ना कार्यक्रम गरिएको नेताकार्यकर्ताहरुले बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको निवास कोटेश्वरमा आज फागुन ३ गते बिहान ७:३० बजे करिब १०० जनाको उपस्थितमा काठमाडौं क्षेत्र नम्बर २ सुकुम्वासी र सुकुम्वासीको सरोकारवाला नेता कार्यकर्ता पुगी धर्ना दिएका हुन ।

धर्ना भन्दा अगावै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल प्रधानमन्त्री सेर बहादुर देउवा निवास गएको भन्दै अध्यक्ष नेपालका स्वकीय सचिव निते पौडेलले सुकुम्वासीको धर्नामा पुगेर सोही स्थान बाट संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सम्पर्क गरी तत्काल उठिबास नगर्न नगराउन भन्दै सम्बन्धित सरोकारवाला संग वार्ता बसी समाधान गर्नु भने पछि आजै सोही अनुसार बिहान ११ बजे संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय , पशुपति विकास कोश र संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका प्रतिनिधि त्रिपक्षी रूपमा वार्ता बस्ने सहमति भए पछि सुकुम्वासीहरूले धर्ना कार्यक्रम रोकेर बार् तामा जाने तयारीमा जुटेकाछन ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति विकास क्षेत्रमा रहेका करिब १५० सुकुम्वासीहरूको घर टहरा हटाउन प्रकाशित गरेको सूचना भोलि फागुन चारको समयावधि समाप्त हुन लागेसङै स्थानीय अव्यवस्थित सुकुम्वासी भूमिहीनहरू मत्ता हतै क्या नगर्ला भनेझैँ आन्दोलनमा उत्रिएका हुन।

करिब चालीस वर्ष देखि पशुपति विकास कोषको छेत्र बित् अस्थायी घर टहरामा १५० घरपरिवार बस्तै आएको र आफूहरूले भोग चलन गर्दै आएको स्थान बाट अर्को व्यवस्था नभए कहीँ जाने ठाउँ नरहेको बताउँदै आएकाछन । पशुपति विकासको छेत्र भित्रका सुकुम्वासी लाई भोलि फागुन ४ गतेसम्मको सूचना निकालेको र सो अवधिभित्र नहटे जुनसुकै चुनौती लिएर पनि उठाउँछु भन्दै मन्त्री आलेले यदि त्यसो गर्न नसके मेरो मन्त्री पद त्याग्छु तर उठाएरै छाड्ने भन्दै अड्डी कसेपछि सोही छेत्र बाट मत पाएर विजय भएका माननीय सांसद तथा पुर्वप्रधानमन्त्री समेत रहेका मा

धवकुमार नेपा ललाइ हारगुहार गर्दै सस कृती मन्त्रालय र पशुपति विकास कोरलाइ वैकल्पिक व्यवस्था नहुन्जेल तत्काल सुकुम्वासी उठिबास रोक्न रोकिदिन विशेष पहलको अनुनय विनय गर्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निवासमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरिएको संयुक्त सुकुम्वासी राष्ट्रिय मोर्चाका सल्लाहकार दल मर्दन कामिले बताए धर्नाको नेतृत्व नारायण परिश्रमी , दल मर्दन कामी ,हुकुम बहादुर लामा,राजकुमार पाण्डे ,झरलाल उराँव,लीला बहादुर मोक्तान,स्मिता आचार्य,लगायतका नेताहरूले गरेका हुन ।

राज्यको एउटा मन्त्रालय सुकुम्वासीलाई लालपुर्जा दिने भन्दै सूचना प्रकाशन गर्ने र अर्को मन्त्रालय विकल्प बिनै सुकुम्वासी उठीबासको सूचना ठास्ने र जनतालाई आतङ्कित गरेको भन्दै राज्यले दोहोरो चरित्र देखाइ सुकुम्वासी उठीबासमा गत सनिश्चवार काठमाडौँको नागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठ टारमा रहेको सुकुम्वासी बस्ती बाट आन्दोलनको सुरुवात गर्दै बसोबासका आधारमा लालपुर्जा वितरण तथा बिना विकल्प उठीबास सदाको लागी बन्द गर्न गराउने उद्देश्यले आन्दोलनको घोषणा गरेको सुकुम्वासी मोर्चाका अर्का नेता राजु लामा पदम सिजापति र झरलाल उराले बताएका छन्।

केही दिन अघि सुकुम्वासी, अव्यवस्थित बसोबासका अधिकारकर्मीहरूले भने फास्ट ट्र्याकबाट लालपुर्जा वितरण गर्न मानपत्र सरकारका मन्त्री र राजनीति पार्टीका शीर्ष नेताहरूलाई भेटी ध्यानाकर्षण गराउँदै देशभरका ७० लाख सुकुम्वासीको एकाधिकार सुनिश्चित गर्न माग गराएका थिए ।

सुकुम्वासीहरूको अधिकार सुनिश्चित नगराए काठमाडौँमा लाखौँ सुकुम्वासी उतार्ने मोर्चाले तयारी गर्दै गरेको समेत नेताहरूले बताउँदै आएकाछ्न संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले यस अधि काठमाडौं उपत्यकामा भूमिहीन,सुकुम्वासी,अव्यवस्थित बसोबासीहरुको एकाधिकार सुनिश्चित गर्न भन्दै नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई,पार्टी अध्यक्ष उपेन्द्र यादव , नेकपा क्रान्तिकारी माओवादी पार्टीका महासचिव मोहन वैद्य किरण सहरी मन्त्री रामकुमारी झाँक्री साथै सस कृती पर्यटन तथा नागरिक उढ्यन मन्त्रालय, मन्त्री प्रेम आलेलाई चार बुद्धे माग सहितको ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्