मुस्लिम आयोगद्वारा शिक्षा मन्त्री मार्फत ध्यानाकर्षण



कपिलवस्तु, फागुन २६ मुस्लिम आयोगका अध्यक्ष समिम मियां अन्सारी , मुस्लिम आयोगका सदस्य मिर्जा अरशद बेग, महमदिन अली लगायतले लुम्बिनी प्रदेशका शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउधिन खाँ संग भेटघाट गरेका छन् l उक्त भेटघाटमा लुम्बिनी प्रदेश मदरसाको स्थित, मुस्लिम समुदायको शिक्षामा पहुँच, मुस्लिम समुदायको प्रदेशमा अवस्था कस्तो छ, मुस्लिम समुदायको उत्थान र विकासमा समन्वय कसरी गरेर अगाडि बढ्ने, मुस्लिम समुदायको शिक्षाको अवस्था लगायत विषयमा शिक्षा मन्त्री संग वृहत् क्षलफल गरि ध्यानाकर्षण गराइएको छ l लुम्बिनी प्रदेशका शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री बसिउधिन खाँले मुस्लिम आयोगका पदाधिकारी लाई स्वागत गर्दै आफूले मदरसाहरूमा बजेट छुटाएको र मुस्लिम आयोगका पदाधिकारी हरूले ध्यानाकर्षण गराएको विषयमा आफू बाट हुन सक्ने हरेक सम्भव प्रयास गर्ने समेत प्रतिबद्धता जनाउनु भएको जानकारी गराइएको छ l

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्