जनता प्रगतिशील पार्टी नेपालको विजयनगरमा १७ सदस्यि वडा कमिटी गठन



कृष्णनगर । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं १ मा जनता प्रगतिशील पार्टी नेपालको प्रभु यादवको अध्यक्षतामा  वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा रघुनाथ यादव र वीरेन्द्र मिश्र, सचिवमा ओम प्रकाश खटिक, सह सचिवमा अवधराम कहार, कोषाध्यक्ष सोनी कलवार लगायत १७ सदस्यि वडा कमिटी गठन गरिएको छ ।

जनता प्रगतिशील पार्टीका केन्द्रीय उपाध्यक्ष फरहान अकबाल खां तथा केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (वीरेन्द्र मिश्र)को प्रमुख आतिथ्यमा तथा जग नारायण जयसवालको अध्यक्षतामा  कमिटी गठन गरिएको छ ।

शिवराज नगरपालिकाका जनता प्रगतिशील पार्टी नेपालका नेता राम निवास यादव, कृष्ण नगरका युवा नेता लव कुश तिवारी, शम्भु पाण्डेय लगायतले कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टीको किन उदय भयो, यो पार्टीको आवश्यकता किन छ, पार्टीले जनता प्रति उत्तरदायी भई काम गर्ने लगायत किसानको हक अधिकारका लागि पार्टीले काम गर्ने भएकाले किसानहरू पार्टीमा धेरै सहभागी हुँदै  गएको कुरामा प्रकाश पारेका थिए ।

पार्टी दर्ता भएपछि पार्टी लोकप्रियता पाउँदै गएको साथै पछिल्लो समयमा जनता प्रगतिशील पार्टी नेपालमा जनता हरू पार्टीको सदस्य हुने होडबाजी चलिरहेको स्थानीय हरू बताएका छन् ।

कम समयमा जनता प्रगतिशील पार्टी नेपाल लोकप्रिय बन्दै गएको वडा, पालिका, जिल्ला स्तरको कमिटी विस्तार गर्दै जाने र जनता प्रगतिशील पार्टी नेपाल लाई उचाइ सम्म पुर्‍याउने पार्टीका केन्द्रीय महासचिव मिश्रले बताउनुभयो l जनता प्रगतिशील पार्टी नेता नरेन्द्र कुमार उपाध्याय, पहलवान तेली लगायत सयौँ को सङ्ख्यामा उपस्थित रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्