गाैशाला निर्माण काे लागि सिफारिस नदिइएको कारण हिन्दुवादी संगठनहरुले विरोध प्रदर्शन गरे




महाराजगन्ज : कपिलवस्तु काे बुद्धभुमि नगरपालिका वडा नं ७ मानपुर का वडा अध्यक्ष गाैशाला निर्माण काे लागि सिफारिस नदिइएको कारणले गर्दा वडा कार्यालयकाे अगाडि तीन हिन्दुवादी संगठनहरुले मिलेर विरोध प्रदर्शन गरेका छन् ।

हिन्दु युवा शक्ति कपिलवस्तुले यसै वडा भित्र निर्माण गरिरहेकाे गाैशाला काे लागि वडा कार्यालय मा सिफारिसकाे लागि निवेदन पेश गरेको छ तर २० दिनसम्म कार्यवाहक वडा अध्यक्ष अल्गु ढाडीले सिफारिस दिनु भएको छैन । वडा अध्यक्ष भन्छन कि सिफारिस दिन मिल्दैन । गाैशाला निर्माण गर्नकाे लागि त्यहा का धेरै स्थानीय ले सहमति गरेका छन भने केही स्थानीय व्यक्तिहरुले विरोध गर्दै अाएका छन् ।

विरोध प्रदर्शन मा हिन्दु अास्थामाथि खेलवाड गर्न पाइदैन , हिन्दु माथि तानाशाही चल्दैन , गाैशाला निर्माण सिफारिस दे.. सिफारिस दे भन्ने जस्तो नाराहरुले प्रदर्शन कारीहरुले लगाएका थिए ।

वडा कार्यालय काे अगाडि हिन्दु युवा शक्ति कपिलवस्तु , नेपाल विश्व हिन्दु महासंघ र महाकाल सामाजिक संस्थाले मिलेर विरोध प्रदर्शन गरेको हाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्