राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रम आम औषधी सेवन अभियान सुरु




कपिलवस्तु , फागुन २९
कपिलवस्तु जिल्ला को सदरमुकाम ताैलिहवा मा राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रम आम औषधी सेवन अभियानकाे उद्घाटन  लुम्बिनी प्रदेश भाैतिक पूर्वाधार विकास मन्त्री  सहसराम यादवले गर्नु भएको हाे ।

उक्त कार्यक्रम मन्त्री ले मन्तव्य राख्दै भने नेपाल सरकारले लिइएको लक्ष्य लाई सबै जनताले स्विकार्नु पर्छ । कपिलवस्तु जिल्लाको व्यक्तिहरुले हात्तीपाइले विरुद्धको औषधी माथि कतिपय मान्छेहरुले विश्वास गरिरहेकाे तर उनी व्यक्तिहरुलाइ औषधी राख्न को लागि  मन्त्री सहसराम यादवले अग्रह समेत गर्नु भएको छ । सबैले अा-अाफ्नाे ठाउँबाट सहयोग गर्न को लागि भन्नू भएको छ ।

प्रदेश सभा सदस्य विष्णु पन्थीले भने कि कपिलवस्तु जिल्लामा हात्तीपाइले राेग निराकरण नभएको हुनले हामी सबै यहाँ का जनप्रतिनिधिहरु पनि असफल भएको छाै । सबै जनप्रतिनिधिहरुलाई अाफ्नाे पार्टी भन्दा माथि उठेर हात्तीपाइले राेग निवारण कार्यक्रम आम औषधी सेवन अभियानलाई सफल बनाउन को लागि अग्रह गर्नु भयो  ।

राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रम आम औषधी सेवन अभियान को शुभारम्भ समारोह कार्यक्रम जिल्ला समन्वय समिति का प्रमुख तथा जिल्ला हात्तीपाइले निवारण समन्वय समिति का अध्यक्ष नारायण प्रसाद खनाल को अध्यक्षता मा सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय, कपिलवस्तु नगरपालिका, फेयरमेड र कालिका स्वावलम्बन सामाजिक केन्द्रको संयुक्त आयोजनमा तौलिहवामा राखिएको हात्तीपाइले विरुद्ध औाषधी सेवन शुभारम्भ कार्यक्रमा मन्त्री यादवले औषधि सेवन गर्दै अभियानकाे सुरुवात भएको हाे ।

साे कार्यक्रममा स्वास्थ जनसंख्या तथा परिवार कल्याण मन्त्रालय का सचिव डा. विकास सापकोटा , कपिलवस्तु प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेय , कपिलवस्तु नगरपालिका कि उपप्रमुख लक्ष्मी गुप्ता , कपिलवस्तु अस्पताल का मे.सु डा. किशोर बन्जाडे र  कपिलवस्तु स्वास्थ कार्यालय प्रमुख हेमराज पाण्डेय लगायत अन्य व्यक्तिहरुकाे सहभागीता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्