एमसीसीविरुद्ध दाङमा युवकहरुको प्रदर्शन




दाङ २०७८/११/२८
दाङमा अखिल नेपाल युवक संघ, युवा संगठन नेपाल र युवालिग नेपाल क्रान्तिकारीले संयुक्त रुपमा घोराहीमा विरोध प्रदर्शन गरेका छन् ।

घोराहीको ट्राफिक चोकबाट शुरु भएको र्यालीसहित तुलसीपुर चेकमा कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रिय उपाध्यक्ष चित्र एमसी, युवा संगठन नेपालका केन्द्रिय अध्यक्ष कामरेड पाटन र फ्याकसन इन्चार्ज कामरेड बिरेन्द्र र युवालिग नेपाल क्रान्तिकारी का केन्द्रिय सचिवालय सदस्य मन बहादुर वलीले सम्बोधन गर्नुभएको थियो भने सभाको सहजीकरण मनोज परियारले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्