सिंहदरवार गाउँ फर्काउने माओवादी हो मन्त्री महरा



घोराही, २ असार । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सिहंदरवार गाउँ गाउँ फर्काउने माओबादी भएको वताउनु भएको छ । घोराही उपमहानगरपालिका ३ बेलुवामा आयोजित चुनाव िसभालाई सम्बोधन गर्दै उहाँले यस्तो वताउनु भएको हो । त्यस अबसरमा स्थानिय निकायको निर्वाचन जनतालाई अधिकार दिलाउनका लागि भएको वताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेहत रहनु भएका मन्त्री महराले स्थानीय तहको निर्वाचनले केन्दैको सत्ता गाउँमा फर्किएको बताउनुभएको छ ।
महराले अहिलेका जनप्रतिनिधिहरुले सरकार सरह स्थानीय तहमा नीति निर्माण तथा बजेट खर्च गर्न सक्ने जानकारी दिनुभयो । ‘हामीले सिंहदरवारको अधिकार गाउँमा ल्याएका छौं, सिंहदरवारको वरिपरि बस्नेहरुलाई यो मन परिरहेको छैन,’ महराले भन्नुभयो, ‘माओवादीको संघर्षका कारण जनताले बास्तविक सत्ता प्राप्त गरेका छन्, यसको रक्षा गर्नु अहिलेको अवाश्यकता हो ।’
स्थानीय तहको निर्वाचनमा केही शक्तिहरु पैशाको बलमा निर्वाचन जित्ने प्रयत्तन्न गरिरहेको उल्लेख गर्दे महराले त्यस्ता तत्वलाई जनताले परास्त गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘पैशाको बलमा चुनाव जित्ने पञ्चायकालिन शैली अपनाउने काम भएको छ, अहिले जनता निकै सचेत भइसकेका छन्, पैशामा कोहि विक्नेवाला छैन,’ उहाँले भन्नुभयो । दाङको विकास र समृद्धिका लागि आँफूले केन्द्रमा रहेर निरन्तर पहल गरिरहेको उल्लेख गर्दै महराले दाङका एमाले तथा कांग्रेसका नेताहरुले पनि आँफूलाई बजेटका लागि आग्रह गर्ने गरेको जानकारी दिनुभयो । ‘मेरो पार्टी माओवादी भए पनि म सबैको साझा बन्न चाहन्छु, मेरा लागि सबै पार्टीका नेता समान हुन्छन्, विकासमा राजनीति गर्नुहुँदैन भन्ने मेरो मान्यता हो,’ उहाँले भन्नुभयो, ‘मेरो पहलमा धेरै बजेट विनियोजन भइरहेको छ, अन्य पार्टीका साथिहरु त्यसमा जस लिन हतार गर्नुहुन्छ, जुन पार्टीले जस लिए पनि यहाँको विकासका लागि सबै एक हुनै पर्छ .

IMG_2370

वडा नं. १३ कार्यकर्ता भेटघाट कार्यक्रम
माओवादी केन्द्रले घोराही वडा नम्मर १३ मा आयोजना गरेको कार्यकर्ता भेटघाट  कार्यक्रमा  सम्पन्न भएको छ । त्यस अवरमा बोल्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले निर्वाचन विगतमा जस्तो जनप्रतिनिधि छान्ने मात्र नभएको बताउनुभयो ।स्थानीय तहको निर्वाचन हुनु माओवादीका लागि निकै खुशीको कुरा भएको उल्लेख गर्दै महराले एजेण्डाको आधारमा माओवादीले विजयी हासिल गरिसकेको बताउनुभयो । दलहरुलाई पनि सहमतिमा लिएर मुलुकलाई निकास दिनको लागि दुई नम्मवर प्रदेशको निर्वाचन सारिएको महराले बताउनुभयो । ‘निर्वाचनको मिति केही सार्दैमा मुलुकले निकास पाउँछ भने यसलाई हामीले यसलाई त्यति ठूलो बनाउनुहुँदैन,’ उहाँले भन्नुभयो,

mahara 2
ल्याण्डफिल साईडको अनुगमन  
यसैविच घोराही स्थित तेरौटेमा रहेको ल्यानपिल साईडको अनुगमन गर्नु भएको छ त्यस अवरमा बोल्दै मन्त्री महराले ल्याण्डफिल साईडको आनुनिकारण गर्नु पर्नै उल्लेख गर्नुभयो । साईडको आधुनिकरण गरेमा रोजगारका प्रयाप्त अवसरहरु खुल्ने वताउँदै त्यसका लागि स्थानिय गाउँलेहरुले चासो दिनुपर्नै वताउनुभयो । गाउँमा ल्याण्डफिल साईडका कारण समस्या भए त्यसको निकारणका लागि बैकल्पित व्यवस्थापन गर्नु पर्नै समेत बताउनुभयो । यस्तै घोराही स्थित सर्रामा रहेको सुकुम्बासी बस्तिका जनता संग समेत भेटघाट गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्