मर्यादित ढङ्गले होली/ फागु पर्व मनाउन जिल्ला प्रशासनको आग्रह



धनी राम केरी कपिलवस्तु , चैत २ होली एवम् रङ्गहरूको पर्व हिन्दु धर्म को अनुसार पहिलै देखि मनाइँदै आएका पर्व को रूपमा महत्त्व रहेको पाइन्छ । होली पर्व मर्यादित र सभ्य तरिकाले मनाउन को लागि जिल्ला प्रशासन कार्यालयले एउटा सूचना निकाले सर्वसाधारणलाई अनुरोध गरिएको छ । होली चैत ३ गते हिमाली , पहाडी र तराईको जिल्लाहरूमा चैत ४ गते रहेको छ । यो पर्वले सम्बन्धलाई अझै राम्रो बनाउने र खुसीयाली साटासाट गर्ने पर्वको रूपमा महत्त्व रहेको छ । होली पर्वको अवसरमा कपिलवस्तु बासी दाजुभाइ तथा दिदीबहिनीहरू लगायत सम्पूर्ण नेपालीहरूमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुभकामना व्यक्त गरेको छ । होली / फागु पर्व को महत्त्व सिद्ध हुने गरी मर्यादित तथा सभ्य ढङ्गले मनाउनु र स्वास्थ्य सुरक्षा मापदण्ड को पालन हुने गरी बनाउन को लागि प्रशासनले अनुरोध गरेको छ । होली पर्व को नाम मा कसैको इच्छा विपरीत जबरजस्ती रङ्ग दल्ने , अमर्यादित , गैर कानुनी र उच्श्रृंखल किसिमको कुनै व्यवहार गर्ने , प्लास्टिक जन्म लोला हन्ने , पोहोर छ्याप्ने , बाटोमा हिँड्ने व्यक्तिहरूलाई दुख , हैरानी तथा कष्ट दिने जस्ता कार्य प्रचलित कानुन विपरीत हुन । कानुन विपरीत का कार्य तथा असभ्य व्यवहार कोही कसैले नगर्नु/ नगराउनु हुन र कोही कसैको इच्छा एवम् स्वीकृति बेगर कानुन विपरीतको काम गरे/ गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्यहोरा सबै कपिलवस्तु बासीलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तु सूचना निकालेर सूचित गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्