शब ए बरातको सबैमा हार्दिक शुभकामना : अध्यक्ष अन्सारी



कपिलवस्तु । २०७८ साल चैत्र ४ गते शुक्रवार मनाउन गई रहेको शब ए बरातको सुखद उपलक्ष्यमा सबैमा हार्दिक मुबारक (शुभकामना) मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारीले व्यक्त गरेका छन्।

मुस्लिम समुदायको इस्लाम धर्मको अरबी पात्रो अनुसारको आठौँ महिना शावान महिनाको १५ गतेका रातिमा यो महत्त्वपूर्ण पर्व शब ए बरात मनाउने गरिन्छ। शब ए बरात हजारौँ रात भन्दा पनि महत्त्वपूर्ण रात हो यो रातमा गरिने इबादत,दुआ प्रार्थना,कबुल हुने गरिन्छ।आजको यो पवित्र शब ए बरातको रातमा रात भरि जाग्रम बसी सबैले आफ्नो लागि, आफ्नो परिवारका लागि,आफ्नो मुलुकको लागि र आम मानवहरूको भलाईको लागि दुआ(प्रार्थना) गरिन्छ।

शब ए बरातको १५ दिन पछि रमजान (रोजा) प्रारम्भ हुन्छ। इस्लाम धर्मका ५ आधार स्तम्भमध्ये रोजा एक हो अरबी महिनाका १२ महिनामध्ये ९औँ महिना रमजान हो। शब ए बरातको शुभ अवसरमा फेरि पनि सम्पूर्ण स्वदेशी तथा विदेशी दाजु भाइ दिदीबहिनीहरूमा हार्दिक शुभकामना (मुबारकवाद) मुस्लिम आयोगका अध्यक्ष मा.समिम मियां अन्सारीले व्यक्त गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्