चानिम्बुमा नेपाली काँग्रेसको टोल समिति गठन



टेकबहादुर पुन दाङ । नेपाली काँग्रेसलाई बलियो बनाउन देशैभर टोल समितिहरू गठन भई रहेका छन् । यसै सन्दर्भमा दाङको लमही नगरपालिका वडा नम्बर ७ मा पनि टोल समितिहरू गठन भएका छन् । लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाविस वडा नम्बर ३ उचानिम्बु) मा आइतबार टोल समिति गठन गरिएको हो । टोल समिति गठन प्रक्रियामा नेपाली काँग्रेस ७ नम्बर वडा समिति सक्रिय देखिएको छ । समितिले १५ सदस्यीय टोल समिति गठन गरेको हो । जसको सभापतिमा शिलु केसी सर्बसहमती बाट निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा लक्ष्मी चौधरी, कोषाध्यक्ष बस्ता भट्टराई, सचिब हिमाल चौधरी, सहसचिवमा शरण चौधरी चयन भएका छन् । सदस्यहरूमा बिष्णी चौधरी, कल्पना चौधरी, सुनिता चौधरी, श्रीकृष्ण चौधरी, छुनिलाल चौधरी, भागिराम चौधरी, नम्रता चौधरी, सीता चौधरी, प्रेमलाल चौधरी र श्रीदेबी चौधरी रहेका छन् । यो सँगै लमही वडा ७ मा ४ वटा टोल समितिहरू गठन भएका छन् । यो भन्दा अघि लमही नगरको वडा नम्बर ७ (साबिक सतबरिया १ र २ र ३ को नयाबस्ती) मा टोल समिति गठन भई सकेका छन् । नेपाली काँग्रेस वडा समितिका सभापति सालिकराम चौधरीको सभापतित्व तथा जिल्ला सदस्य चेतराम चौधरीको प्रमुख आतिथ्य एवम् महाधिवेशन प्रतिनिधि मोहन गिरी, लुम्बिनी प्रदेश प्रतिनिधि घनश्याम सुबेदीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि मोहन गिरीले कम्युनिस्टको भ्रममा नपर्न सबैलाई सझाए । भ्रमको खेती गर्ने कम्युनिस्टले सधैँ जनता झुकाउने गरेको र उसको हबिगत दुई तिहाइ सरकारले छर्लङ्ग पारेको बताए । वडा उप सभापति लिखराम चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्षेत्रीय महिला सङ्घ दाङ कि सहसचिव लक्ष्मी योगी, सदस्य उर्मिला चौधरी, क्षेत्रीय प्रतिनिधि पदम योगी लगायतका बक् ताले बोलेका थिए । कार्यक्रमको सहजीकरण प्रदेश सभा ख का सहसचिव कुल बहादुर बुढा मगरले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्