खेलकुद समितिका पदाधिकारी सदस्यहरुकाे पद तथा सफत ग्रहण कार्यक्रम सम्पन्न



उत्तमकुमार थापा बझाङ जिल्ला खेलकुद समिति का पदाधिकारी ,सदस्यहरुको पद तथा गोपनियताको शपथ ग्रहण तथा पहिलो बैठक सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रम पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रमको अध्यक्षता :- बझाङ जिल्ला खेलकुद समिति का अध्यक्ष पुष्पलाल रोकाया खेलकुद संग सम्बन्धित निकाय का प्रमुख, बिभिन्न खेलकुद संघ /क्लवका अध्यक्ष तथा प्रतिनिधि लगायत खेलाडीहरु उपस्थिति रहेको थियो । जिल्ला खेलकुद समितिमा नियुक्ति भएका पदाधिकारी एवम् सदस्यहरुलाई सुदूरपश्चिम प्रदेश खेलकुद नियमावली, २०७७ को नियम ३१ को (४) संग सम्बन्धित शपथ ग्रहणको ढाचा अनुसूची-४ बमोजिम जिल्ला खेलकुद समिति का अध्यक्ष श्री पुष्पलाल रोकायाले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएकोछ । पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम समापन लगतै आजै बसेको पहिलो बैठकले महत्वपूर्ण निर्णय गरेकोछ १- जिल्ला खेलकुद समितिको खाता संचालन गर्ने २- १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला छनौट प्रतियोगिताका लागि चाडो भन्दा चाडो बझाङ जिल्लाका १२ वटै स्थानीय तहले प्रत्यक स्थानीय तहमा प्रतियोगिता आयोजना गरी छनौट खेलाडीहरुको प्रतिवेदन जिल्ला खेलकुद समितिको कार्यालयमा पेस गर्ने ३- जिल्लाका १२ वटै स्थानीय तहमा समन्वय र सहयोग मागि १२ वटै स्थानीय तह र एक जिल्ला स्तरमा सम्भावना बोकेको खेलमैदान या आवस्यक खेलमैदानका लागि स्थलगत अध्ययन गरी सुबिधा सम्पन्न खेलमैदान र बहुउद्देश्य कबर्डहलको बृहत रुपमा डिपिआर गरेर सोहि अनुसार कार्यान्वयनका लागि योजना बनाइ अगाडी बढाउने भएको खेलकुद बझाङका अध्यक्ष पुष्पलाल राेकाया ज्वाला गरुले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्