एमसिसि प्रोजेक्ट, सडक र बिद्युतमा उल्लेख्य स्तरबृद्दी हुन्छ-पुर्बमन्त्री गिरी



दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाई मन्त्री दीपक गिरीले एमसिसि प्रोजेक्ट अनुसार सडक र बिद्युतमा उल्लेख्य स्तर वृद्धि हुने बताएका छन् ।

एमसिसि प्रोजेक्टबाट बिस्तार हुने सडकमा पत्रिका पढेर आरामदायी यात्रा गर्न सकिने उनले बताए । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा समितिले शुक्रबार कप्तानगञ्जमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा यस्तो बताएका हुन ।
उनले देशका निम्ति काँग्रेस अपरिहार्य भएका कारण अब काँग्रेसको विकल्प नरहेको बताए । दुई तिहाइले सरकार चलाउन नसकेर देश ध्वस्त हुने अवस्थामा जाँदा काँग्रेसको नेतृत्वले देशको लोकतन्त्रको रक्षा गर्न सरकारमा आएको बताए । जनताको मतका आधारमा प्रतिपक्षमै रहेर चुनावमा जाने काँग्रेसको सोच रहे पनि कम्युनिस्टले देशलाई खतरा तर्फ धकेल्दै जाँदा अदालतको प्रमादेश अनुसार शेर बहादुर देउवा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गरेको स्पष्ट पारे ।

दुईतिहाई मत पाएर पनि सरकार चलाउन नसक्दा जनताको बिचमा जाने अस्तित्व सकिए पछि कम्युनिस्टले अहिले एमसिसीको बिरोध गरिरहेको आरोप लगाए । एमसिसि देशकै हितमा रहेको जिकिर गर्दै नेता गिरीले प्याकेज अनुसार  नेपालको बिद्युत र सडक क्षेत्रमा काम हुने जानकारी गराए । दाङको धानखोला देखि पश्चिम शिबखोला, पूर्व चन्द्रोटा हुँदै बुटवल सम्म सडक फराकिलो हुनुको साथै स्पिड गाडीमा पनि पत्रिका पढ्न सक्ने गरि  एमसिसि प्रोजेक्ट अनुसार सडक बिस्तार हुने बताए । देशको समृद्दीका लागि ल्याईएको एमसिसिले समग्र नेपालीलाई खुसीको अनुभूति दिलाउने भन्दै नेता गिरिले कम्युनिस्टको गलत प्रचारमा नलाग्न सबैलाई सुझाए । नेता गिरीले समग्र वडाको कामलाई मुल्याँकन गरि स्वतस्फुर्ट रुपमा प्रवेश हुने साथीहरुले अबको निर्बाचनमा काँग्रेसको चारतारे झण्डा फहराउँदै जित दिलाउन आग्रह समेत गरे ।

कार्यक्रममा केन्द्रिय महाधिवेशन प्रतिनिधि तथा लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले बिगत ५ बर्षदेखी वडाले गरेका विभिन्न कामहरुको मुल्याँकन गर्दै काँग्रेसमा प्रवेश भएकोमा आफू बिश्वस्त रहेको बताए ।
“म बिश्वस्त छु, हाम्रो टिमको काम देखेर प्रभाबित हुनुभयो-गिरीले भने निरन्तर हामी काममै छौ, हिजो पनि सँगै आज र भोलीपनि सँगै हुनेछौ ।”

जनतालाई रिझाउन काम नै आबस्यक पर्ने भएकाले सबै काँग्रेसी साथीहरु जनताको सेवामा तल्लिन रहन आग्रह गरे । वडाका विभिन्न गल्ली तथा कुना काप्चामा समेत वडा सरकारको अनुभूति दिलाउन भएका विभिन्न कामहरु प्रस्ट देखिएको बताए । उनले भने हामीले भन्दापनि प्रस्ट देखिएको छ, आफै मुल्याँकन गर्नुहोस । यसर्थपनि उनले आगामी निर्बाचनमा गाउँगाउँ गल्लीगल्लीबाट काँग्रेसलाई जित दिलाउन सबै लाग्नुपर्ने अबस्था आएको बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ७६ जना नेपाली काँग्रेसमा प्रवेश भएका छन् ।
नेकपा एमाले र माओबादी केन्द्रको प्रभाबित क्षेत्रको रूपमा परिचित कप्तानगञ्ज, कर्रीटोल, जनकपुर र नयाबस्तीबाट गरि ७६ जना विभिन्न  पार्टी परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेश भएका हुन । बिगत धेरै बर्षदेखी नेकपा एमालेमा रहेर काम गरिरहेका प्रभाबशाली ब्यक्तिहरुपनि काँग्रेसमा प्रवेश भएपछि एमालेमा पहिरो नै गएको छ ।

जनपुरबाट भागिराम चौधरी, खिमलाल पुन र कप्तानगञ्ज देखी बान खत्री सहित ७६ जना प्रवेश भएका हुन । उल्लेखित नामहरु बिगत लामो समयदेखी एमालेको खम्बाका रुपमा परिचित ब्यक्तिहरु हुन । उनिहरुलाई पार्टी प्रवेश गराउँदै काँग्रेसी नेताहरुले फुल माला अबिरले भब्य स्वागत गरेका हुन ।

कार्यक्रममा नेपाली काँग्रेस दाङ्ग जिल्ला सभापती शँकर डाँगी, सचिब बालिका लम्साल, उप सभापती गिरिराज सुवेदी, महाधिवेशन प्रतिनिधीहरु जानकिलाल बस्नेत, मधु प्रसाद न्यौपाने लगायतका बक्ताले बोलेका थिए ।
नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ का वडा सभापती सालिकराम चौधरीको शभापतित्व तथा केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री दीपक गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

क्षेत्रिय प्रतिनिधि प्रेमलाल चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण क्षेत्र नम्बर १ प्रदेश सभा ख का सहसचिब कुल बहादुर बुढा मगरले गरेका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्