नेतृत्व विहिन बेलझुण्डी खानेपानी , जुटेन सहमति



गिरिराज नेपाली
दाङ , १ चैत । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था करिव दुई महिना देखी नेतृत्व विहिन छ । नयाँ नेतृत्व चयनका लागि सहमति जुर्न नसक्दा सस्थाले नेतृत्व पाउन सकेको छैन । जसका कारण बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकोे नेतृत्व चयन अन्यौल परेको छ ।

बेलझुण्डी खानेपानी तथा सरसफाई संस्था बेलझुण्डीको गत पौष २९ गते आठौ साधारणसभा तथा छैठौ जिल्ला अधिवेशन सम्पन्न दुई महिना वित्नै लागेको छ । तर संस्थाले नयाँ नेतृत्व अझै पाउन सकेको छैन । जसका कारण संस्थाको निर्णयात्मक कार्य संगै अन्य महत्वपूर्ण योजना निर्माणकोे काम रोकिएको छन । दलिय सहमतिको प्रयास र छलफल संस्थाको नेतृत्व चयनका लागि पाँच पटक म्याद सार गर्दै सहमति खोजी गरे पनि दलिय सहमति मिल्न नसक्दा अहिले नेतृत्व चयनको काम मनोनयन पछिको दावी विरोधमै रोकिएको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

निर्वाचन समितिको कार्यालयका अनुसार संस्थाको नेतृत्व चयनका लागि २०७४ माघ ५ गते पहिलो पटक , २०७४ फागुन ११ गते दोस्रो पटक , फागुन १६ गते तेस्रो पटक, फागुन २० गते चौथो पटक र फागनु २१ ग्ते पाँचौे पटक गरी पटक– पटक म्याद सारिएको जनाएको छ । साझा सहमतिको प्रयास खोज्दै बसेको सर्वदलिय तथा सर्वपक्षिय वैठकले सहमतिको प्रयास निकाल्न नसक्दा निर्वाचन समितिले २१ गते नै सुचना प्रकाशित गरी निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयनको काम अघि वढाएको थियो ।

तर नेतृत्व चयन मनोनयन दर्ता पछि उम्मेदवार माथिको दावि विरोध जनाउदै अध्यक्षका प्रत्यासी घनश्याम गौतमले प्रतिस्पर्धी द्वय प्रदिप गौतम र विनय कुमार पोख्रेल विरुद्ध दावी विरोध जनाउदै दुवै जना नेपाल संस्कृत विश्वविद्यालयका कर्मचारी रहेकाले संस्कृत विश्वविद्यालय र कानुनविदहरुको परामर्श पछि निर्वाचनको गतिविधि अघि वढाउनु निर्णय गर्दै निर्वाचन समितिले तत्कालका लागि निर्वाचनको गतिविधि रोकेको निर्वाचन अधिकृत विश्वराज पोख्रेलले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत पोख्रेलले नेपाल संस्कृत विश्व विद्यालय र आवश्यक कानुनवीदहरु संगको आवश्यक परामर्श बारे कुराकानी भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘ कानुनवीद र विश्वविद्यालय संगको छलफल भईरहेको छ । ’ जसले गर्दा निर्वाचन समिति पनि अन्यौलको स्थितीमा पुगेको उहाँको भनाई छ । अध्यक्षका प्रतिस्पर्र्धी द्वय नेपाल संस्कृत विद्यालयका उपप्रशाशक प्रदिप गौतम दुई कार्याकाल र सहायक प्रशाशक विनय कुमार पोख्रेलले एक कार्यकाल खानेपानी नेतृत्व गरिसक्नु भएको छ । जसका लागि नेपाल संस्कृत विश्वविद्यालय पनि अतिरिक्त समयमा खानेपानी संस्थाको कामकाज गर्ने भनि विहान ६ – ९ वजे सम्म र बेलुका ६ देखी राती ८ वजे सम्मको समयको स्वीकृती विश्वविद्यालयले दिएको निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्