इलाका प्रहरी कार्यालय भालुवाङको नयाँ प्रहरी प्रमुखमा सुजनविक्रम शाह



भालुवाङ ४ वैशाख । इलाका प्रहरी कार्यालय भालुवाङमा नयाँ प्रहरी प्रमुख प्रहरी निरीक्षकको रूपमा सुजनविक्रम शाह आएका छन् । 

लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्र दाङको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको प्रहरी कार्यालयमा वैशाख २ गते प्रहरी निरीक्षक शाह जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट सरुवा भएर आएका हुन् । 

प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरीक्षक शाहले यश क्षेत्रको शान्ति सुरक्षामा कुनै कमी नहुने बताएका छन् । देउखुरी टुँडे सँग कुरा गर्नु हुँदै प्रहरी निरीक्षक शाहले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्थालाई समेत मजबुत बनाइएको बताएका छन् । 

यस्तै लामो समय इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी निरीक्षक भुवन भट्टको जिल्ला प्रहरी कार्यालय जुम्लामा सरुवा भएको छ । प्रहरी निरीक्षक भट्ट र शाहको गत चैत २४ गते प्रहरी प्रधान कार्यालयले काठमाडौँले सरुवा गरेको हो । 

यसै बिच नयाँ प्रहरी प्रमुख सुजनविक्रम शाहलाई राप्ती गाउँपालिकाले आइतबार एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी प्रमुख शाहलाई शान्ति सुरक्षाको काममा अब्बल रहन शुभकामना प्रदान गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्