लहान ८ का लागी काङ्ग्रेस निकट श्याम कुमार साहले गराए मनोनयन दर्ता



सिराहा लहान – लहान नगरपालिका वडा नम्बर ८ मा नेपाली काङ्ग्रेसबाट श्याम कुमार साहले उम्मेदवारी दिएका छन्। पछिल्लो निर्वाचनमा अध्यक्षको प्रत्याशी समेत रहनु भएका उनी वैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन उनले मनोनयन दर्ता गराएका हुन्। वैशाख ३० हुने निर्वाचनबाट साह नै निर्वाचित हुने स्थानीयको भनाई छ। साह विगत ३० वर्ष देखि काङ्ग्रेस पार्टीमा आबद्ध रही राजनीति गर्दै आएका हुन्।लहान ८ मा उनको वडा कमिटीबाट साहको नाउँ मात्र सिफारिस भएको थियो। उनले हाल वडा अध्यक्षका लागी लोकप्रिय नेताको रूपमा चिनिएका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्