म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने किशाेर प’क्राउ



म्यादी प्रहरीको पोसाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले प’क्राउ गरेको छ।पक्राउ पर्नेमा कपिलवस्तु बाण गंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन्।कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो।कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो। सेल्फी भिडियोमा उनले आफू म्यादी प्रहरी उनकै भाषामा मिदी प्रहरी भएको बताएका छन्।

भिडियोमा ती युवकले भनेका छन्, ‘सागर, वसन्ते, किस्ने सबहरू नडरा न हो। तेरो दाइ मिदी भइसकेको छ। केटाहरू के खाना मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे। लड्न मन लागे लड। कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी। माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ। इन्स्पेक्टर त डराउँछ। नेपालको कानुन डराउँछन्।’
प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार नै पक्राउ गरिसकेको छ। रेग्मीले आफ्ना फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाएको खुलेको एसएसपी केसीले बताए।
‘रेग्मीले आफ्ना दाइ फुपूका छोरा पुरणको म्यादीको पोशाक लगाएको खुलेको छ। रेम्मी म्यादी प्रहरी नभए पनि पुरण घरमा नभएको बेला उनले पोशाक लगाएको खुलेको छ,’ एसएसपी केसीले भने। प्रहरीले पुरणसँग समेत पोशाक बारेमा सोधपुछ गरेको छ। तर, पुरणले आफू घरमा नभएका बेला पोशाक लगाएर दुरुपयोग गरेको प्रहरीलाई बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्