छेपारो बलात्कार गरेको आरोपमा चार जना प’क्राउ



काठमाडौँ । छेपारो बलात्कार गरेको आरोपमा चार जना प’क्राउ परेको छ ।यो अनौठो घटना भारतको महाराष्ट्र स्थित रत्न गिरी जिल्लामा भएको हो ।जङ्गली छेपारो बेङ्गल मनिटर लिजार्डको सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको खबर आएको छ ।त्यहाँको स्थानीय प्रहरीका पक्राउ पर्नेहरूमा तुकाराम पवार, मंगेश कामटेकर, अक्षय कामटेकर र रमेश घाग रहेका छन् ।इन्डिया टुडेका अनुसार रत्न गिरीमा अवस्थित स्याद्री टाइगर रिजर्भमा अवैध सिकार गर्न गएका उनीहरूले जङ्गली छेपारोको सामूहिक बलात्कार गरेका हुन् ।स्थानीय वन अधिकारीहरूले गत ३१ मार्चमा जङ्गलका विभिन्न स्थानमा जडित सिसिटिभी क्यामराको निरीक्षण गर्ने क्रममा उक्त घटना सार्वजनिक भएको हो ।आरोपितहरू विरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढेको इन्डिया टुडेले जनाएको छ । बेङ्गल मनिटर लिजार्ड छेपारो प्रजातिको एक स्तनधारी प्राणी हो ।यो प्रजाति भारतीय उप महादिप, दक्षिण पूर्वी एसिया र पश्चिम एसियाका केही स्थानहरूमा पाइने गर्छ भने भारतमा यसलाई आरक्षित प्राणीको सूचीमा राखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्