राप्ती गाउँपालिका- ९ मा माओवादीका मगर विजयी



दाङ। स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ।

राप्ती गाउँपालिका-९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका हुन्। ७१४ मत खसेकामा उनले ३५८ मत प्राप्त गरेका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरेका थिए। उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए। राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्