दाङमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु



दाङ । दाङमा गोली लागेर एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको बँगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमाना पर्ने जङ्गलमा सिकार खेल्न गएका मध्य एक जनाको गोली लागेर शुक्रबार मृत्यु भएको प्रहरीले बताएको छ । 

गोली लागेर लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी वर्ष २३ का कालु राम घर्ती मगरको मृत्यु भएको हो । शवलाई लमही अस्पतालमा राखिएको छ । उनको घाँटीमा गोली लागेको छ । 

घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा राखेको छ । वर्ष २८ का निम बहादुर घर्ती मगर, ४० का जीवलाल घर्ती मगर, २४ का दिल बहादुर घर्ती मगर, १७ का आकाश घर्ती मगर, १३ का विशाल घर्ती मगर, ५५ का ओम बहादुर घर्ती मगर, ३८ का खगेन्द्र घर्ती मगर र वर्ष ४० का बुद्धिमान घर्ती मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्दीप बेलबासेले जानकारी दिए । उनिहरु सबै लमही नगरपालिका वडा नम्बर १ बौराह निवासी हुन । उनीहरूलाई अहिले वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखिएको छ । 

घटना सम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्