निजामती कर्मचारी सङ्गठनलाई बलियो बनाउन आवश्यक छ : केन्द्रीय सचिव विश्वकर्मा 



भालुवाङ । नेपाल निजामती कर्मचारी सङ्गठन लुम्बिनी प्रदेशको प्रथम अधिवेशन स्थायी राजधानी दाङ जिल्लाको राप्ती उपत्यका अन्तर्गत देउखुरीको राप्ती गाउँपालिकामा शनिवार सम्पन्न भएको छ । 

सङ्घीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारी संहितको ट्रेड युनियन हाम्रो अभियान भन्ने मूल नाराका साथ जेठ १४ गते शनिवार देउखुरीको राप्ती गाउँपालिकाको सभा हल मसुरियामा सम्पन्न भएको हो ।

सङ्गठनका लुम्बिनी प्रदेश इन्चार्ज ददिराम मरासिनीको अध्यक्षता एवम् नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज छविलाल विकको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा बोल्दै विकले निजामती कर्मचारी सङ्गठनलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् । 

सङ्गठनलाई सुव्यवस्थित नबनाई अगाडि बढ्न नसक्ने हुँदा त्यसका लागि पार्टीले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
यस्तै उनले भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा एमालेलाई हराउन गठबन्धनका कर्मचारीहरू समेत लागि परेको बताएका थिए । एमालेलाई कमजोर नबनाई राष्ट्र कमजोर नहुने भन्दै उनीहरूले निर्वाचनमा समेत हमला गरेको बताएका थिए ।

कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे, एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, नेपाल राष्ट्रिय  शिक्षक सङ्गठन दाङका जिल्ला अध्यक्ष दामोदर बस्नेत, सङ्गठनका कर्णाली प्रदेश अध्यक्ष  प्रयागराज शर्मा, एमाले नेतृ तथा राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चाैधरी, सङ्गठनका पुर्व केन्द्रीय अध्यक्ष गणेश बस्याल, सङ्गठनका पुर्व केन्द्रीय उपाध्यक्ष मानबहादुर विष्ट, नेकपा एमाले दाङका अध्यक्ष  हुकुमबहादुर बस्नेत, सङ्गठनका केन्द्रीय महासचिव जीवन काफ्ले,  दयाराम भुसाल लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए ।कार्यक्रममा सहिद सुरेन्द्रबहादुर विश्वकर्माको जीवनसंगिनी जनदेवी विकलाई सम्मान गरिएको थियो । 

तत्कालीन कर्मचारी युनियनका सदस्य समेत रहेका बाँके जिल्ला निवासी सुरेन्द्रबहादुर द्धन्द्धकालका समयमा मुगु जिल्लामा कार्यरत रहेको बेला कार्यालयबाट कोठा तर्फ पर्किने क्रममा बिद्रोही समूहले अपहरण गरी हत्या गरेको थियो । 

साथै तत्कालीन सरकारले स्वर्गीय सुरेन्द्रबहादुरलाई सहिद समेत घोषणा गरेको थियो ।सङ्गठनका दाङ जिल्ला सचिव बाबुराम न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश  सङ्गठनका सचिव शेरबहादुर केसीले गरेका थिए । 
 
अधिवेशनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका एक सय बढी प्रतिनिधि र ५० बढी सुपरिवेक्षक गरी करिब दुई सय जनाको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्