मौसमी स्कूल , विद्यार्थीहरु ६ महिना स्कूल ६ महिना कमाउन



गिरीराज नेपाली
दाङ, ३ चैत । कक्षाका ढोका सवै खुलेका , भित्र हेर्दा दुई÷चारवटा डेक्स र बेन्च पनि मुस्किल मुस्किलले भरिएको देखिन्छ । वैशाखमा भर्ना भएका विद्यार्थीहरु असोज– कार्तिक विद्यालयमा विद्यार्थीको भरिभराउ हुन्छ । जब कार्तिक सकेर मंसिर महिना शुरु हुन्छ । तव विद्यार्थीको उपस्थिती घट्दै जान्छ । नयाँ शैक्षिक शुरु भए संगै उही कक्षामा उनै विद्यार्थी भर्ना हुन्छन । जसले विद्यालयको प्रगति र विद्यार्थीहरुको शैक्षिक विकास रोकिएको भन्न सकिन्छ । गरीवीका कारण विद्यार्थीहरु ६ महिना स्कूल ६ महिनामा रोजगारमा जाने समस्याले ग्रस्त बन्दै आईरहेको घोराही उपमहानगरपलिका – ११ को वालकल्याण प्रावि नयाँवस्ती यो समस्या अहिले होईन निकै पुरानो हो ।
स्कूलकै छेउमा करिव ८० घर परिवार गन्धर्व जातीहरुको बसोबास छ । उनैका छोराछोरीहरुले त्यहाँ पढ्छन । 

गरीवीका कारण उनीहरु घरछेउको स्कूलमा जान पाउदैनन् । काठमाण्डौ लगाएत अन्य ठाँउमा मौसमी कामदारका रुपमा उनीहरु परिवार जाने गर्दा वालवालिकाहरुले नियमित स्कूल जान पाउदैनन् । जसका कारण स्कूलले पनि विद्यार्थीहरु आउनका लागि मौसमी काम कट्ने समय कुरेर बस्नुपर्ने वाध्यता रहेको विद्यालयका प्रधानध्यापक टेक बहादुर डाँगीले बताउनुहुन्छ । उहाँले भन्नुभयो – ‘ पहिलेको भन्दा कमि भएको छ । तर समस्या रोकिएको छैन । अझै पनि भर्ना हुने र काममा जानेको समस्या छ । ’

डाँगीका अनुसार चालु शैक्षिक सत्रमा ५६ जना विद्यार्थी भर्ना भए पनि हिजो आज ३५÷३६ जना मात्रैअ विद्यार्थीहरु नियमित रहेको बताउनुभयो । वाँकी सोधखोज गर्दा बाबु आमा संगै ईट्टा भट्टा वा अन्य रोजगारमा गएको खबर पाउने गरेको उहाँले बताउनुभयो । यस्तो समस्या कारण विद्यालयले शैक्षिक प्रगतीमा फड्को मार्न सकेको छैन भने , वालवालिकाहरुका शिक्षा वाट वञ्चित हुनुपर्ने वाध्यता छ । अभिभावकहरुमा चेतना स्तर नहुदा र विपन्न समुदायको कहाँली लाग्दो जीवन स्तरका कारणले पनि वालवालिकाहरु शिक्षामा भन्दा श्रममा रमाउने पर्ने वाध्यता नयाँवस्तीका गन्धर्व समुदायमा छ । उहाँले गरीवी एकातिर प्रत्यक्ष वालवालिकाहरुको शिक्षा संग जोडिएको एक समस्या हो । भने बाबु आमामा छोराछोरी जसरी पढाउनुपर्छ भन्ने चेत खुल्न नसक्दा पनि वालवालिकाहरु श्रमको शिकार र शिक्षा अभाव भोग्नु परेको बताउनुभयो । नयाँवस्तीको यो पुस्तैनी पीडा बनेको मौसमी रोजगारको गाउँलाई हिजोे पनि अध्याँरो राखिरहेको थियो । अझै पनि त्यही अबस्था जीवितै छ ।

विद्यार्थीहरुको आकर्षण बढाउन र वालवालिकाहरुलाई नियमित गराउन विद्यालयमा खाँजा कार्यक्रम , १ र २ मा अग्रेजी माध्यम पढाई शुरु गरे पनि त्यसको महत्व चाँसो अभिभावकहरुले खाँसै नदिएको पाईन्छ । गन्धर्व वस्ती भित्रै पनि दुई÷चार परिवारले छोरा छोरीलाई घरमै बसेर पढाईरहेका पनि छन । तर विपन्न परिवारका वालवालिकाहरु भने अझै शिक्षा वाट वञ्चित रहेका हुन परेको छ ।

त्यस्तै विद्यालयका शिक्षक तथा पुर्व प्रअ नगेन्द्र नेपालीले वालवालिकाहरु लाई नियमित विद्यालय आउने र पठाउने बारे पटक पटक सहमति भयो । तर मंसिर लागे फेरी उस्तै अवस्था दोहोरीने बताउनुभयो । कतिपय पटक भर्ना हुदा अब आफन्तमै राखेर छोरा÷छोरी पढाउन पठाउछौ । अब यिनै लाग्दैनौ र जादैनन् भनि धेरै भए तर त्यसको कार्यन्वयन र पालना गर्न नसक्दा स्कूलले विद्यार्थीको अभाव विद्यार्थीले शिक्षाको अभाव झेल्नु परेको छ । मौसमी रुपमा पढ्न आउने समस्या समाधानका लागि विद्यालयले घरदैलो गरी प्रत्येकका अभिभावकहरु लाई भेटगरी विद्यार्थीहरुको शिक्षा दिक्षामा अबरोध नपु¥याउन अनुरोध गरे पनि त्यसको मौन स्वीकार मात्रै हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ राज्यले गन्धर्वहरुको आयस्तरमा सुधारका लागि काम गरे वालवालिकाहरुले पढ्न पाउछन । नत्र यस्तै हो । ’ हुने पढ्न पाउने नहुने वाल्यवस्था केही नै बाबु आमा संगै श्रममा जोतिनुपर्ने वाध्यता छ ।

स्थानीय चित्रसिंह गन्धर्वले परिवार चलाउने अरु केही उपाय नभएका गन्धर्वहरुको रोजगारको निश्चित गन्तव्य नै इट्टा भट्टा हो । जहाँ ६ महिनाको मात्रै काम खुल्ने भएकाले प्राय परिवारहरु ईट्टा भट्टा जाने गरेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ बसोबास एैलानी जग्गामा छ । सीप कसैको केही छ्ैन । सारङ्गी बजाउन छोड्दै गईरहेका छन । राज्यले हेर्दैन । के गरी पढाउने ? ’ छोरा छोरी पढाउने रहर मात्रै भएर के गर्ने उपाय केही नचले पनि छोरा छोरी नै बाबु आमा संगै श्रममा जोतिने गरेको उहाँले बताउनुभयो । उहाँले वालवालिकाहरुको शिक्षा दिक्षाका लागि बाबु आमाको आयआर्जनका विषयमा राज्यले सोच्ने भने गन्धर्व वस्ती पनि शिक्षित र समृद्ध वस्ती बन्न सक्छ । तर कसैलाई चाँसो छैन । सवै यस्तै हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्