यूरेस माण्डवी माविले मनायो स्थापना दिवस 



माण्डवी ३ प्यूठान । जुनियर तथा युवा रेडक्रस सर्कल माण्डवी मावि प्युठानले जु/युरेस स्थापना दिवसको अवसरमा प्राथमिक उपचार विषयमा विद्यार्थी सचेतना कार्यक्रम आज  सम्पन्न गरेको छ ।

युरेस उपाध्यक्ष विद्यार्थी  फनि केसीकाे अध्यक्षता, विद्यालयका प्रअ एवं रेडक्रस संरक्षक मेघराज पौडेलको प्रमुख आतिथ्य साथै उक्त कार्यक्रममा माण्डवी गापा स्काउट आयुक्त शिवराज पण्डित र सोही विद्यालयका अतिरिक्त क्रियाकलाप  संयोजक नन्दलाल भण्डारी  विशिष्ट अतिथि रहनुभएको थियो ।

जाँ हेनरी ड्यूनाको तस्बिरमा माल्यार्पण, पुष्पा गुच्छा अर्पण गर्दै सुरु भएकोमा कार्यक्रममा रेडक्रसको महिमा र रेडक्रसका आधारभूत सात सिद्धान्त बारे  विशेष चर्चा  गरिएको थियो ।

रेडक्रस शिक्षक नायक पवन पोख्रेलले प्राथमिक उपचार र त्यसको उद्देश्य , आपत्कालीन अवस्थामा स्वयंसेवकले निभाउनुपर्ने भूमिका , प्राथमिक उपचारमा नभई नहुने अत्यावश्यक सामग्री, पूर्व सावधानी जस्ता विषयहरूमा प्रस्ट पार्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूलाई विविध जानकारीमूलक पुस्तिका, आपत्कालीन अवस्थामा के गर्ने भन्नेबारे, श्रब्यदृश्य मार्फत विभिन्न प्राथमिक उपचार गर्ने तरिकाहरू सिकाईएकाे थियो । माण्डवी माविमा अध्ययनरत करिब १०० विद्यार्थी भाइबहिनीको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन शिक्षक अमर आचार्यले गर्नुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्