प्रदेश प्रहरीमा योग शिविर सञ्चालन 



धनगढी । प्रदेश प्रहरी कार्यालयमा योग शिविर सञ्चालन भएको छ ।

सेवा नै धर्म हो भन्ने मूल नाराका साथ आज प्रदेश प्रहरी कार्यालय धनगढीमा योग शिविर सञ्चालन भएको हो । सुदूरपश्चिम प्रदेशको प्रदेश प्रहरी कार्यालयमा रहेको सभा हलमा सबै प्रहरीहरूलाई स्वास्थ्यका लागि योग शिविर सञ्चालन गरिएको नेपाल प्रहरी श्रीमती सँघ सुदूरपश्चिमले जनाएको छ ।

आज सञ्चालन भएको कार्यक्रममा पतञ्जलि योगका केन्द्रीय प्रभारी लवदेव मिश्र बर्माकुमारी र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा डिआइजी रवीन्द्र केसीले दीप प्रज्वलन बाट उद्घाटन गर्नु भएको थियो । प्रदेश प्रहरीको सभा हलमा योग शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी  यज्ञराज जोशी सुदूरपश्चिम प्रदेशका एसएसपी दिल्लीराज विष्ट लगायत सम्पूर्ण प्रहरी युनिट उपस्थिति रहेको थियो ।

शिविरमा योग सम्बन्धी सहायक प्रमुख जिल्ला अधिकारी र केन्द्रीय लवदेव बर्माकुमारीले बताउनु भएको थियो भने   मेडिटेसन सम्बन्धी सुदूरपश्चिम प्रदेश प्रमुख राजु सुदूरपश्चिम प्रदेश प्रमुखले सिकाउनु भएको हो । कार्यक्रमले प्रहरीमा थप ऊर्जा थपिनुको साथै तालिममा सधैँ सबै समय काम लाग्ने स्रोतको भनाइ छ । प्रदेशमा सञ्चालन भएको योग शिविरको कार्यक्रम सञ्चालन इन्स्पेक्टर सरस्वती अधिकारीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्