मानिसले लुकाउन खोज्ने ५ सत्य



काठमाडौं। यौन सबै सजिव प्राणीको आवश्यकता हो। यौन सम्बन्धले मानव जीवनमा धेरै महत्व राख्दछ। तर, मानिसहरु सेक्सको विषयमा आफुले गरेका केही अन्तरंग क्रियाकलापहरुको बारेमा पनि अरुलाई बताउन चाहँदैनन् र आफुसँग मात्रै सिमित राख्दछन्। मानिसले लुकाउन खोज्ने सेक्स सम्बन्धी ५ सत्य यस्ता छन्-

१. पार्टनरले सँगै पोर्न हेर्ने गरेको : धेरै महिला पुरुषले जोडी कँसेरै पोर्न फिल्म हेर्ने गर्छन्। तर आफुले पार्टनरसँगै पोर्न फिल्म हेर्ने र सोही मुताविक सहवासको प्रयास गर्ने गरेको कुरा भने उनीहरुले तेश्रो व्यक्तिलाई बताउन चाहँदैनन्।

२. अरुसँगै सहवासको कल्पना : यसलाई फन्टासी पनि भनिन्छ। आफ्नो पार्टनर बाहेक आफूलाई मन परेको अरु व्यक्तिसँग सहवास गरेको कल्पना सबैले गर्छन्। यस्तो कल्पना हुनु सामान्य मानवीय स्वभाव हो र यस्तो कल्पना आउँदैमा आफ्नो पार्टनरबाट सन्तुष्ट नभएको वा पार्टनरप्रति विश्वास नभएको भन्ने हुँदैन। तर आफूले अरु कसैसँग सम्भोग गरेको कल्पना गरेको कुरा कसैले पनि आफ्नो पार्टनरलाई भन्दैन।

३. गुँदा मैथुन : सहवासमा आएको नयाँपन तथा सेक्स सम्बन्धी बदलिँदो धारणासँगै मानिसहरु पार्टनरबीच सेक्सको मामिलामा खुल्दै गएका छन् र देखासिकी गरेरै भएपनि धेरैले गुँदा मैथुन अर्थात् एनल सेक्स गर्ने गर्छन्। तर यस बारेमा सेक्स सम्बन्धी सबै कुरा खोल्ने तेश्रो साथीलाई समेत भन्न लजाउँछन्।

४.रजश्वलामा सहवास : यद्यपि रजश्वला भएको बेला सबैले सेक्स गर्छन् भन्ने छैन। तर धेरै दम्पतिहरुले रजश्वला भएको बेला पनि नियमित रुपमै सहवास गर्ने गर्छन्। अझ रजश्वला भएको बेला महिलालाई छिटै चरम आनन्द प्राप्त हुने धारणा पनि छ। रजश्वला सहवासको दर बढ्दै गएको भएपनि आफुले रजश्वला भएको बेलामा समेत पार्टनरसँग सेक्स गर्ने गरेको कुरा भने मानिसहरु लुकाउनै चाहन्छन्।

५. चरम आनन्दको बहाना : कतिपय महिलाहरुलाई सम्भोगमा चरमोत्कर्ष प्राप्त गर्न गाह्रो पर्छ। यसो भन्नुको मतलब उनीहरुले यौनमा आनन्द नै पाउँदैनन् भन्ने होइन तथा क्लाइमेक्समा पुग्न भने सधै पाउँदैनन्। कतिपय पुरुषहरु सोँच्छन् की महिलाहरु क्लाइमेक्समा नपुगेसम्म उनीहरुले सेक्समा आनन्द प्राप्त गर्न सक्दैनन्। त्यसैले आफ्नो पार्टनरलाई त्यस्तो अनुभुति हुन नदिन र आफु पूर्ण रुपमा सन्तुष्ट भएको देखाउनका लागि कतिपय महिलाहरुले चरम आनन्द प्राप्त नभैकन पनि चरमोत्कर्षमा पुगेको बहानाबाजी गर्दछन्। आफुलाई चरम आनन्द प्राप्त गर्न गाह्रो हुने कुरा उनीहरु लुकाउन चाहन्छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्