रोल्पा- रोल्पाको लिबाङ्गमा तैनाथ श्री बटुकदल गणले रोल्पाको सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गाममा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बाहिरी गाममा रहेको प्राथमिक स्वास्थ्य चौकीको प्राङ्गणमा श्री नं.१९ बाहिनी अड्डाको नेतृत्व तथा बटुक दल गण र श्री नं.१९ फिल्ड एम्बुलेन्स गुल्मको समन्वयमा फागुन २४ गते शनिबार स्वास्थ्य शिविर संचालन गरेको थियो ।
उक्त शिविरमा बाहिरी गाम नजिकका स्थानियबासीमा इसिजी सेवा तथा ल्याव परीक्षण सेवा दीएको थियो भने शिविरमा नेपाली सेनाका २ जना डा. अधिकृत र गामस्थित स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परीक्षण तथा सेवा प्रदान गरिएको बटुक दल गणका गणपति प्रमुख सेनानी बिके सिंह विश्वकर्माले जानकारी दिनु भएको छ।
उक्त बाहिरी गाममा संचालन गरिएको शिविरमा श्री नं.१९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पदम बहादुर बुढा (पिएच.डी.) र उक्त गणका गणपति प्रमुख सेनानी बिके सिंह विश्वकर्माको उपस्थिति रहेको थियो । त्यस्तै आयोजित उक्त स्वास्थ्य शिविरबाट १६५ जना महिला र ८० जना पुरुष गरी जम्मा २४५ जना स्थानीय बासिन्दाहरुले सेवा लिएका छन् । यस अघि पनि बटुक दल गणले रोल्पामा स्थानिय स्तरमा थुप्रै यस्ता सामाजिक कार्य गर्दै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।