आजको राशिफल



वि.सं. २०७४ साल चैत ६ गते। मंगलबार। इश्वी सन् २०१८ मार्च २० तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ चौलाथ्व।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Aries
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। कर्मफलले मन प्रसन्न रहनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। सरसापटमा खर्चनुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini
आम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। रकम हातलागी हुनेछ तर ऋणभार समेत बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। अाफ्नै रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo
परिश्रमले धेरैको मन जित्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। जिम्मेवारी प्राप्त भए पनि फलप्राप्तिमा भने बाधा हुने देखिन्छ। आफ्नो वस्तुमा समेत अरूले दाबी गर्न सक्छन्। श्रम परे पनि लाभांश अरूको हातमा पर्न सक्छ। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि पनि धेरै दौडधुप गर्नुपर्ला। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुन सक्छ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। नचिताएको क्षेत्रबाट फाइदा हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libra
घुमफिर र मनोरञ्जनको समय भए पनि वादविवादले मन खिन्न तुल्याउन सक्छ। हडबडमा गरिएको काम दोहोर्याउनुपर्ला। आय-आर्जनका स्रोत मनग्गे फेला पर्नेछन्। तर अर्थलाभ भए पनि सञ्चय गर्न नसकिएला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। मौका आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpio
द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ गर्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius
अवसर आए पनि काम थाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। पढाइलेखाइमा गुरुजनको सुझाव र काममा सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेत गर्दा पछिलाई फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquarius
छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ हुनेछ। मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
नयाँ कामको प्रस्ताव आउनेछ। आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ। बोलीको भरमा काम बन्न सक्छ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले साथ दिनेछन्। व्यावसायिक काममा मनग्गे लाभ हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्