“जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ-खनाल



सैघाली खबर,काठमाडौं ।कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले ३ वर्षभित्रमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम सुरु गर्ने बताउनु भएको छ। ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले सबैखाले कृषि उत्पादनमा ३ वर्षभित्र आत्मनिर्भर बनेर आयात बन्द गर्ने बताउनु भयो।

“राम्रो योजना ल्याउन सके अझै चाँडै आन्मनिर्भर बन्न सकिन्छ। गहिरो अध्ययन हुँदैछ।” खनालले भन्नु भयो

मन्त्री खनालले ५ वर्षभित्रमा अर्गानिक उत्पादन निर्यात गर्न सकिने समेत दाबी गर्नु भयो। कृषि उत्पादनमा आत्मनिर्भर बनेपछि अर्गानिक उत्पादन निर्याततर्फ लागिने उनको भनाई छ।

अहिले सबै कुरा अध्ययनसमेत गर्न नभ्याएको भन्दै उनले कृषि प्रधान देशको नागरिक भएका नाताले धेरै समस्याका बारेमा जानकार भएको बताउँदै समग्रमा विकास र स्थिरता नै सरकारको लक्ष्य भएको बताउनु भयो।

 

विदेश जाने युवालाई रोकेर कृषि क्षेत्रमा सहभागि गराउन सके नेपालको कृषि क्षेत्रले फड्को मार्ने उनको तर्क छ। कृषिजन्य वस्तुमा प्रयोग हुने गरेको विषादी रोक्नका लागि पनि मन्त्रालयले नयाँ योजना ल्याउने बताउनु भयो ।

“जनताले पनि घर आँगनमै तरकारी फलाउनुपर्छ। सरकारले पनि प्रोत्साहन गर्छ। विषादीको प्रयोग रोक्नुपर्छ।”

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्