उम्मेदवारी दर्ता सुरु



दाङ, असार ४ । दोस्रो चरण अन्तरगत असार १४ गते हुने स्थानिय तह निर्वाचनको लागि मनोनयन पत्र दर्ता सुरु भएको छ । निर्वाचन आयोगले बिहान ८ देखि अपरान्ह ४ वजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । दोस्रो चरणको निर्वाचन अनुसार दाङको दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकामा सबै क्षेत्रमा मनोनय पत्र दर्ता प्रकृया अहिले सुरु भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । मनोनयन दर्ताका लागि जिल्ला निर्वाचन कार्यालय दाङले मुख्य निर्बाचन अधिकृत तथा सम्बन्धित नगर तथा गाउँपालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालय व्ययवस्था पन देखि सम्पूर्ण कार्य पुरा भैसकेको कार्यालयले जनाएको छ ।
3

जसअन्र्तगत विहान ८ वजे देखि ९ बजे सम्म स्वतन्त्र उम्मेदवारहरुको मनोनयन पत्र दर्ता गर्ने समय तालिका रहेको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिनुभयो । विहान ९ वजे देखि १० बजे सम्म नेकपा माले, विहान १० वजेदेखि ११ वजेसम्म राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, ११ वजे देखि १२ वजेसम्म संघीय समाजवादी फोरमलाई मनोनयन दर्ताका लागि समय तोकिएको छ । यस्तै मध्यान्न १२ वजेदेखि १ वजेसम्म नेकपा एमाले, दिउँसो १ वजेदेखि २ वजेसम्म नेपाली काँग्रेस, २ वजेदेखि ३ वजेसम्म नेकपा माओवादी केन्द्र र ३ वजेदेखि ४ वजेसम्म राप्रपालाई मनोनयन दर्ताका लागि समय तोकिएको खड्काले जानकारी दिनुभयो ।

2

मयेर,उपमेयरको धरौटी पन्ध्रसय  
मनोनयन दर्ताका लागि उम्मेदवारहरुले तोकिएको धरौटी बुझाउनु पर्ने भएको छ । त्यसका लागि  मेयर, उपमेयर अध्यक्ष तथा उपाध्यक्षका लागि एक हजार पाँच सय तोकिएको छ, भने वडाध्यक्षका लागि एक हजार रुपैया तोकिएको छ । त्यस्तै वडा सदस्यहरुका लागि पाँच सय रुपैया राखिएको खड्काले बताउनुभयो । तर गरिब, अतिबिपन्न परिवारको उम्मेदवारका लागि ५० प्रतिशत छुट रहेको उहाँको भनाई छ ।
जिल्लामा ३ सय ५१ मतदान केन्द्र हुने
दाङमा १ सय ५१ मतदान स्थल र ३ सय ५१ मतदान केन्द्रको व्यवस्था गरिएको छ, भने जिल्लामा २ लाख ९१ हजार १ सय ५० जना मतदाता रहेको कार्यालयले जनाएको छ । दोस्रो चरणको निर्वाचन प्रदेश १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुनेछ, जसमा दाङका दुई वटा उपमहानगरपालिका सहित ७ हुनेछ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्