‘प्रतिष्ठानमा स्वार्थको चलखेल छ ’



गिरिराज नेपाली
दाङ , ८ चैत । संघिय संसदका सभामुख कृष्ण वहादुर महराले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद स्वार्थमा बाझिउको बताउनुभयो । नागरिक समाज दाङले बुधवार घोराहीमा आयोजना गरेको स्वागत सम्मान तथा भेटभाटमा उहाँले यस्तो बताउनुभएको हो । प्रतिष्ठानको विवाद संस्थागत हितमा नभई व्यक्तिगत स्वार्थमा रहेकाले त्यस तर्फ ध्यान दिन नागरिक समाज सहित सम्पूर्ण सरोकारवालाहरु आग्रह गर्नुभयो ।

नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तको अध्यक्षता तथा सभामुख कृष्ण वहादुर महराको प्रमुख आतिथ्यता एवं नागरिक समाज दाङका संस्थापक संयोजक नारायणप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । दाङमै स्तरिय स्वास्थ्य सेवा विकास र दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ प्रतिष्ठानको स्थापना गर्न थालिएको हो । तर अस्पताल र प्रतिष्ठान विचको स्वार्थले प्रतिष्ठान अन्यौलमा त्यसो नगर्न पनि उहाँले अग्रह गर्नुभयो । दाङ वाटै प्रदेशवासीहरु स्तरिय स्वास्थ्य पु¥याउने गरी प्रतिष्ठानको अबधारणा अघि सारेकाले त्यसमा विवाद नगरी समन्वयात्मक वातावरणमा अघि वढ्न उहाँले आग्रह गर्नुभयो । प्रतिष्ठान माथि चलखेल गरी भएका विवाद लाई आपसी सहमतिको प्रयास वाट सार्थकता बनाउन नागरिक समाजले विशेष भुमिका निर्वाह गर्न उहाँको सुझाव थियो ।

उहाँले दाङको विकास एकिकृत विकास आयोजनाको अवधारणा निर्माण समृद्धि पहिल्याउन सक्ने बताउनुभयो । तत्काललै नयाँ नीति कार्यक्रम लागु गर्न नसकेको पनि आगामी आथिृक वर्ष देखी दाङ नमुना जिल्लाका रुपमा विकास गर्ने सक्ने तत योजनाहरु ल्याउन पनि सरोकारवाला पक्ष संग आग्रह गर्नुभयो । जसका लागि संघियताको नीति निर्माण आवश्यक रहेकाले विकास र समृद्धिका लागि कानुनगत योजना लागु गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा नागरिक समाज दाङका संस्थापक संयोजक एवं विशिष्ट अतिथि नारायणप्रसाद शर्माले मुलुुक परिवर्तनको महसुस नागरिकले अझै गर्न नपाएको टिप्पणी गर्नुभयो । मुलुक स्वरुप फेरिए पनि राज्यसत्ताको संस्कार पुरानै रहेकाले नागरिकहरुले परिवर्तनको अपनत्व ग्रहण गर्न नपाएको उहाँको भनाई थियो । जसका लागि जनप्रतिनिधिहरुले पुराना संस्कार फेर्दै नयाँ परिपार्टीको विकास गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो –‘ नयाँ शासन व्यवस्थाको संरचना संघिय रहे पनि कानुन उही निरकुश शैलीकै छ । ’ नागरिकले कसरी परिवर्तनको महसुस गर्न सक्छन भनी औल्याउनुभएको थियो । कार्यक्रममा नागरिक समाज दाङका दामोदर भण्डारी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन लगाएतकाले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण नागरिक समाज दाङका सचिव लक्ष्मी आचार्यले गर्नुभएको थियो ।

जिससको ७ बँुदे ज्ञापन पत्र
जिल्ला समन्वय समिति दाङले जिल्लाको समग्र विकास लागि बुधवार संघिय संसदका सभामुख कृष्ण वहादुर महरालाई ७ बँुदे ज्ञापन पत्र बुझएको छ । सभामुख महरालाई स्वागत सम्मान गर्दै जिल्लाको एकिकृत विकास लागि आपसी परामर्श तथा विकासका नीति कार्यक्रम कार्यन्वयनका लागि सहयोग , स्थानीय तहका नियुक्त भई निवृत्त हुने चाहाने कर्मचारीहरुलाई उपलव्ध गराउने सेवा सुविधाको व्यवस्थापन , नदिजन्य वस्तुको उपयोग तथा उत्खननमा देखिएको समस्या समाधानका लागि उचित निकास , दाङ जिल्लामा प्रदुषण बढाउदै गईरहेकाले सिमेन्ट उद्योग तथा क्रसर उद्योगको उचित व्यवस्थापनको मापदण्ड निर्माण र व्यवस्थापनको निकास , लमही –कोईलावास सडक निर्माणको मुआब्जा वितरणमा देखिएको समस्या समाधान पहल गरिदिन , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको विवाद समाधानकाा उपयुक्त विकल्पको खोजी र जिल्ला समन्वय समितिका कार्य र भुमिका वारे नीति निर्माण र स्वायत्तताको अधिकार प्रदान गर्न पहल गर्ने गरी ज्ञापन पत्र पेश गरिएको छ ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता तथा सभामुख महराको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सभामुख महराले देखिएका समस्या समाधानका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण कृष्ण केसीे गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्