बुढ्यौलीमा कखरा



गिरिराज नेपाली
दाङ, ८ चैत

‘हाम्रा दिन बिते बरै चुलोचौको गरी
अब बसौ दिदि– बहिनी कखगघ पढी
पढ्या भए घुम्थ्यौ नि लण्डनमा
नपढेरेरै परियो बन्धनमा ’ …
आफुले पढ्न नपाउनुको पीडा लाई घोराही उपमहानगरपालिका – १८ अम्वापुर निवासी ६० वर्षिय चन्द्रा पुन मगरले गितकै माध्यमले पीडा पोख्नुभयो । पढ्ने लेख्ने र खाने खेल्ने उमेर उहाँको घाँसपात, गोठ गोठालो र चुलोचौकोमै बित्यो । अहिले भर्खर कखरा र १ , २, ३ चिन्दै शुरु गर्नुभएको छ । उमेर पढ्न नपाए पनि बुढ्यौलीमा पढ्न लेख्न पाउदाँ आफु निकै खुसी रहेको पनि बताउनुभयो ।

‘ईच्छा भए उपाय अनेकौ ’ भने झै उमेर तीन बिस पार गरीसकेको चन्द्रामा लेख्ने र पढ्ने जोश बाल्यवस्थाकै जस्तो छ । पढ्न लेख्न भने पछि उहाँले वुढो उमेरको थकान पनि हराउछ उहाँमा । गृहिणी, वृद्ध महिलाको शिक्षामा अग्रसर गराउने उद्देश्यले सञ्चलन गरीएको चेतना अनौपचारिक प्रौढ विद्यालयमामा ४ तहमा अध्ययन गर्नुहुन्छ । बुढो उमेरमा पनि अक्षर चिह्न पाउदाँ निकै खुसी लागेको उहाँले बताउनुभयो । हाम्रपाला छोरी घर खाने हो , पढ्न लेख्न हुदैन भन्थे । ’ अहिले यो वुढेसकालमा अक्षर चिह्नु परेको छ । उहाँले भन्नुभयो– ‘ऊ बेलाको दुख र समाज उस्तै थियो । ’ अहिले चारैतिर स्कूल छन । छोरीले पनि पढेका छन । पढाउनुपर्छ भन्ने समाज भएको छ । ’

बेलामाथि पढ्न लेख्न पाएको भए सुखी जीवन, शिक्षित जीवन र समाजको अगाडी ठूलो मान्छे बनेर बस्ने सकिन्थ्यो । उति बेलाको समाज उस्तै रहेको आफुले यस्तो पीडा खेप्नु परेका उहाँले बताउनुभयो । अहिले सवैले पढ्न लेख्न पाउनुपर्ने समय आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ खै ! केहो ? पहिला पहिला मान्छे देखेर पनि डर लाग्थ्यो । त्यो ज्ञान नभएरै होला ? अहिले सवै संग निर्धक्क साथ बोल्न सक्छु । ’ सहीछाप पनि गर्नसक्ने भएको उहाँले बताउनुभयो । कखरा नजान्दा ल्याप्चे पनि अरुलाई सिकाउन लगाउनुपर्ने वाध्यता रहेको सुनाउनुभयो । नेपाली वाट लेखेका शब्दहरु जन नजानी भए पनि आफैले पढ्न सक्दा गाउँलेहरुले पनि आफुलाई अहिले पढलेख गरेका व्यक्ति सरह नै व्यवहार गर्ने गरेको उहाँले बताउनुभयो ।

बा आमाले दाई र भाई स्कूल जाउ भन्नुहुन्थ्यो । हामीलाई घाँस जाउ , ग्वाला जाँउ , भातभान्छा गर अर्काको घर जाने छोरीले घरधन्दाको काम जान्नुपर्छ । समाजको पनि उस्तै थियो । जसका कारण हामी शिक्षा वाट बञ्चित भयो । अहिले जान नजानी भए पनि वुढो उमेरमा दुई÷चार अक्षर चिह्ने प्रयास रहेको घोराही उपमहानगरपालिका – २ की बालिका पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ पढ्ने उमेरमा गाईबाख्रा संगै हिड्यौ । ’ किताव कापी केही कहिले देखेनौ । जसले गर्दा के कुरा के हो ? केही थाहा भएन । लेखपढ नभएकाले सवैको अपहेलना सहदै बस्नुप¥यो । तर अहिले थोरै ज्ञानले धेरै खसी दिएको उहाँले बताउनुभयो । दिदि बहिनीहरु सवैले संगै पढ्ने लेख्ने कुरा सिक्छौ । ज्ञान भए सवै उज्यालो ज्ञान नभए सवै अध्याँरोको अनुभुती बुढ्यौली उमेरको यो पढाईले आफुलाई ज्ञानदिएको उहाँले बताउनुभयो ।

गाउँघरमा पहिला जे भए पनि कसैले केही वास्ता नगर्ने गरेको बताउदै उहाँले भन्नुभयो – ‘ अब केही सिकेकी छन , जानेकी छन भन्छन । ’ सवैले त्यसो भन्दा आफुलाई बुढ्यौली कखराको पढाईले ठूलो मान्छे बनाईदिएको महसुस आफुले गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ पढ्ने रहर लाई बुढो उमेरमा पनि पुरा गर्दैछु । ’ उमेरले साथ दिने हो की हैन । ’ बुढो उमेरको लाई पढाईको नयाँ जोशमा दौडाईरहेकी उहाँले एस.ई.ई. दिने सोचमा आफ्नो शिक्षण यात्रालाई निरन्तर गर्न सोचमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘ अहिले साक्षर छु सोचमा माष्टर हुने छ । ’

२०६६ साल देखी गृहिणी प्रौढ महिलाहरुलाई शिक्षामा अग्रसर र शिक्षित बनाउने उद्देश्यले घोराही उपमहानगरपालिका १८ रझेनामा सुरु गरेको चेतना अनौपचारिक प्रौढ विद्यालयले शिक्षा संगै स्वरोजगारमुखी शिक्षा विकास गर्ने लक्ष्यमा राखेको छ ।

विद्यालयकी सहायक प्रधानध्यापक सुधा गौतमले शिक्षा वाट वञ्चित रहेका महिलाहरु लाई शिक्षामा अग्रसर गराई उनीहरुको क्षमता र जिविकापार्जनमा सहजता ल्याउने विद्यालयको लक्ष्य रहेका उहाँले बताउनुभयो । हाल विद्यालयमा तह ४ सम्म नियमित अध्ययन भई रहेकाले आगामी शैक्षिक सत्रमा तह ५ सञ्चालन गरिने उहाँले बताउनुभयो । गौतमका अनुसार तह ५ मा कक्षा ८ सम्मको औपचारिक पढाई हुने र तह ६ र ७ एस.ई.ई सम्मको अध्ययन पुरा गर्ने उहाँले बताउनुभयो । अहिले उक्त विद्यालयमा ८० जना महिलाहरुले नियमित अध्ययन गरीरहेका छन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्