ठूलाबडाका घरमा कामदार बनाइएका सुरक्षाकर्मीबारे प्रधानमन्त्रीको यस्तो निर्देशन



काठमाडौँ /ठूला बडाका घरमा कामदारको रुपमा काम गर्दै आइरहेका सुरक्षाकर्मीहरुलाई फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सात दिने निर्देशन दिएका छन् । उनले यदि यसो गर्न सकेभने विगतको सामन्ती परम्परा तोडिने छ । रक्षा र गृहसचिवलाई दिएको सो निर्देशनमा कानुन बमोजिम खटाइएका सुरक्षाकर्मीलाई भने फिर्ता गर्नु पर्ने छैन ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका निजी काममा खटाइएको सुरक्षाकर्मीहरुलाई सात दिन फिर्ता गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । विगत लामो समयदेखि शक्तिको आडमा सुरक्षा निकायका बहालवाला र पूर्व प्रधानसेनापाति, आईजीपी लगायत उच्च व्यक्ति, मन्त्रीहरु, प्रधान न्यायाधीश सहित न्यायाधीशहरुको निजी काममा सुरक्षाकर्मी खटाइएको भन्दै विरोध हुँदै आएको थियो ।

सेना, प्रहरी र सशस्त्र प्रहरीमा गरी झन्डै चार हजारबढी सुरक्षाकर्मी घरायसी काममा प्रयोग भइरहेको अनुमान गरिएको छ । सुरक्षा निकायभित्र आफूहरुलाई नोकरजस्तै निजी काममा खटाइएको भन्दै जवानहरुले लामो समयदेखि विरोध गर्दै आएका थिए । तर, कसैले पनि उनीहरुका कुरा सुनेका थिएनन् ।
रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापासहित दुबै मन्त्रालयका सचिवको संयुक्त बैठकमा दिएको प्रधानमन्त्रीको निर्देश कतिको कार्यान्वयन हुन्छ हेर्न बाँकी छ । प्रधानमन्त्रीले बुधबार सो दिर्नेशन दिएका थिए । आज दुई दिन भइसकेको छ । अब पाँच दिनभित्र कार्यान्वयन हुन्छ वा हुँदैन हेर्न बाँकी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्