गृहमन्त्रीको शर्माको आग्रह राजपालाई आन्दोलन छाडेर सहमतिमा आउन



४ असार, रुकुम ।

गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टीलाई आन्दोलन छाडेर सहमतिमा आउन आग्रह गरेका हुन । उनले जनताको मताधिकार सुनिश्चित गर्न निर्वाचन सार्नुपरेको जानकारी पनि दिए ।

आइतबार सदरमुकाम खलंगामा आयोजित पत्रकार भेटघाटमा मन्त्री शर्माले चुनावमा भाग लिन राजपालाई आग्रह गरेका हुन् । प्रेस सेन्टर रुकुमले गरेको कार्यक्रममा मन्त्री शर्माले शान्तिपूर्ण, भयरहित र धाँधलीरहित चुनाव हुने भन्दै ढुक्क भएर चुनावमा भाग लिन सबैलाई आग्रह गरे ।

म्यादी प्रहरीलाई प्रमाणपत्र

उनले म्यादी प्रहरीले निर्वाचन सफल पार्न पुर्याएको योगदानको सरकारले उचित कदर गर्ने बताए । योगदानको कदर गर्दै सरकारले म्यादी प्रहरीलाई प्रमाणपत्र उपलब्ध गराउने मन्त्री शर्माले जानकारी दिए ।

त्यसअघि जिल्लाका सरकारी कार्यालय प्रमुखहरुसँगको भेटमा मन्त्री शर्माले विकास बजेट फ्रिज नहुने गरी काम गर्न निर्देशन दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्