उपमेयर दाहालले स्थानीय कुटेपछि उनको राजिनामा मागियो



सुनसरी जिल्लाको दुहबी नगरपालिकाका उपमेयरले सोही नगरपालिकाका वडा अध्यक्षमाथि हातपात गरेकी छन् ।

उपमेयर सुनिता दाहाल साहले वडा अध्यक्षस रमेश रौनियार र सदस्य कृष्ण तामाङमाथि सार्वजनिक रुपमै हातपात गरेकी हुन् ।

सामान्य विवादमै उपमेयर साहले दुहबी नगरपालिका ५ नं वडाका वडा रौनियार र तामाङमाथि कुटपिट गरेकी छन् ।

वडा नम्बर ५ स्थित निर्माणाधिन सरस्वती उच्च माविको खेल मैदान अनुगमनको लागि नगरपालिका पुगेका रौनियार र तामाङलाई नगरपालिका प्रागणमै कुटपिट भएको पीडितहरूले जानकारी दिएकाछन् छन् ।

खेल मैदानको निर्माण सम्पन्न भइसकेकोले अनुगमन गरेर बजेट फर्सोट गर्नुपर्ने विषयमा दुवै पक्षबीच विवाद शुरु भएको थियो ।

विवाद बढ्दै गएपछि उपमेयर साहले ‘तिमिहरूलार्इ देखाइदिन्छु’ भन्दै आफनो श्रीमान सुनिल साहलाई फोन गरिन् । उनका श्रीमान आएर आफुहरुलाई कुटपिट गरेको वडा सदस्य तामाङले बताए ।

‘निर्माणको काम ५ दिन अगावै सम्पन्न भइसकेको छ । अहिले ठेकेदारलाई रकम दिनुपर्ने भएकाले अनुगमन गरी उपमेयरलाई बजेट फर्छ्यौटको माग गर्दा साहले कार्यकक्षाबाट ‘गेट आउट’ भन्दै बाहिर निकाल्नु भयो’, वडाअध्यक्ष रौनियारले भने ।

श्रीमानलाई बोलाएर हामीमाथि हातपात बताउँदै रौनियारले निर्माण सम्बन्धि फायल समेत उपमेयरले नियन्त्रणमा लिएर काम समेत रोकेको बताए ।

सम्पन्न भइसकेको कामको तत्काल अनुगमन गर्नु पर्ने भएपनि उपमेयर साहले फायल राखेर अनुगमन नगरेको र पछि वास्ता नै नगरेपछि आफुहरु कुरा बुझ्न नगरपालिका पुगेको वडा अध्यक्ष रौनियारको भनाई छ ।

वडा अध्यक्ष लगाएतको टोलीमाथि कुटपिट भएको खबर पाएलगत्तै स्थानीयहरु आक्रोशित बनेका छन् । श्रीमान बोलाएर आफनी अध्यक्ष कुट्ने मेयर आफूहरुलाई नचाहिने भन्दै उनीहरुले मेयरलाई नै गाउँनिकाला गर्नुपर्ने भन्दै कडा कदम उठाएर नारावाजी समेत गरेका थिए ।

कुटपिटपछि आक्रोशित सर्वसाधरणले दुहबी नगरपालिका दिनभर घेराउ गरेका थिए ।

न्यायिक समितिका संयोजक समेत रहने उपमेयरले आफनै जनप्रतिनिधिलाई कुटपिट गरेको बिरोधमा उनलाई कानुनी दायरामा ल्याउन समेत माग गरिएको छ । दिनभर उपमेयर बिरुद्ध प्रदर्शन बढेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको थियो ।

परिस्थिति नियन्त्रण गर्न प्रहरी परिचालन गरीएको थियो ।

यस्तै उपमेयर साहलाई कानुनी दायरामा नल्याएसम्म नगरापलिकाको कामकाज ठप्प पार्ने वडा सदस्य तामाङको चेतावनी छ ।

कुटपिट भएपछि पिडित पक्ष र मेयर बिच छलफल भएपनि कुनै सहमति हुन सकेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्