दाङ, असार ४ आगामी असार १४ गते हुने स्थानिय तह निर्वाचनका लागि सम्पन्न मनोनयन दर्ता सकिएको छ । जिल्ला स्थित गाउँ पालिका , नगरपालिका उपमहानर पालिकाका उमेदवारहरुको उमेदवारी दर्ता सकिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । घोराही उप–महानगरपालिका प्रमुख र उपप्रमुखका लागि दलको तर्फ वाट र खुल्ला गरी २१ जना मेयर र उपमेयर पदका लागि उमदवारी दर्ता गराएका छन । जसमा नेपाली काँग्रेसको तर्फ वाट घोराही उप–महानगरपालिका मेयर भुप वहादुर डाँगी र उपमेयर पुष्पा श्रेष्ठले उमेदवारी दर्ता गराउनु भएको छ । भने नेकपा एमालेका तर्फ वाट मेयर लागि नरुलाल चौधरी उपमेयर सीता न्यौपाने , त्यस्तै नेकपा माओवादी केन्द्रका जीवन गौतम मेयर र उपमेयरमा सीता चौधरीले उमदेवार दर्ता गर्नु भएको हो ।
त्यस्तै राष्ट्रिय जनमोर्चाको तर्फमा वाट घोराही उप–महानगरपालिका मेयर राम वहादुर घर्ति र उपमेयर कलम विश्वकर्मा , माले वाट नेत्र प्रकाश पाण्डे मेयर र लिला विश्वकर्मा उपमेयर पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फवाट घोराही उप–महानगरपालिको मेय भोलानाथ योगी र उपर प्रमुखमा प्याउली केसीले आफ्नो उमेदवारी दर्ता गर्नु भएको हो ।
त्यस्तै मधेसी जनअधिकार फोरमको तर्फवाट मेयर उर्मिला चौधरी र उपमेयरमा दोर्ण वहादुर वस्नेत रहनु भएको छ । भने संघिय समाजवादी फोरम÷ नयाँशक्ति पार्टी नेपाल तर्फ वाट घोराही उप–महानगरनपालिका मेयर जगत वहादुर पुन र उपमेयरमा निर्मला विकले उम्मेद्वारी दर्ता दिनु भएको छ । त्यस्तै घोराही उप–महानगरपालिका २ जना प्रमुख र ३ उप–प्रमुख सहित १० जनाले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका छन । जसमा मेयर शुशिला वैद्य र दोर्णराज पाण्डेले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन । त्यस्तै उप–प्रमुखमा तिलक वहादुर विश्वकर्मा , रमेश कुमार आचार्य र ठाकुर प्रसाद महरा उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अधिवक्त चुडामणि खड्काले जानकारी दिए । भने घोराही उप–महानगरपालिका ८ को वडाअध्यक्षका निम वहादुर खड्का , ३ मा सुन्दर लाल चौधरी , १६ मा रामजी थारु र १६ न. वडामा जितेन्द्र शाहले स्वतन्त्र तर्फ वाट उम्मेद्वारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।
लमहीमा पनि सकियो ।
त्यस्तै लमही नगरपालिका प्रमुखमा काँग्रेस वाट प्रमुखमा जोगराज चौधरी र उप–प्रमुखमा देवका वेलवासे , एमाले तर्फ वाट कुल वहादुर खत्री श्रेत्री र उप–प्रमुखका लागि मिना देवी गुरुङ , माओवादी केन्द्र वाट प्रमुखमा दोपती पौडेल र उप–प्रमुखमा कालुराम चौधरी रहेकाले छन । त्यस्तै राष्ट्रिय जनमोर्चा वाट कुलचन्द्र पोख्रेल , राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फ वाट प्रमुख भेषराज चौधरी र उप–प्रमुखमा हेमा चौधरी , माले वाट प्रमुखमा प्रेम प्रसाद पुलामी , संघिय फोरम तर्फ वाट प्रकाश कुमार चौधरीले उम्मेद्वारी दर्ता गरेका छन । भने स्वतन्त्र तर्फ वाट डिल्ली वहादुर खड्का प्रमुख र हिमन्ता घिमिरेले उम्मेद्वारी दर्ता गराएका छन । भने उप–प्रमु्खमा निम वहादुृर थापा , अरुण विसी लगाएतका गरी २ सय ५२ जनाले उम्मेद्वारी दर्ता गराएका छन ।
वंगालीचुली गाँउपालिका प्रमुखका लागि नेपाली काँग्रेस तर्फ वाट भोजराज पाण्डे र उप–प्रमुखमा निर्मला खनाल , एमाले तर्फ वाट गिर वहादुर कुँवर प्रमुख र उप–प्रमुखमा तारा कुमारी झाँक्री , त्यस्तै माओवादी केन्द्रको तर्फ वाट भक्त वहादुर वंली प्रमुख र उप–प्रमुखमा यमुना थापा , राप्रपा तर्फ वाट लुमाकान्त कुवर मगर प्रमुख र उप–प्रमुखमा सविता कुमारी घर्ति , राष्ट्रिय जनमोर्चा तर्फ वाट गाँउपालिका प्रमुखमा भिम वहादुर खत्री र नयाँ ्शक्ति पार्टी नेपाल वाट गिता कुमारी पुन गरी वडा अध्यक्ष र वडा सदस्य महिला सदस्य खुल्ला सदस्य गरी १ सय ४५ जनाले उम्मेद्वारी दर्ता गराएका छन । त्यस्तै राजपुर गाँउपालिकामा पनि गाँउपालिका प्रमुख उप–प्रमुख , वडा अध्यक्ष , सदस्य गरी १ सय ७४ जनाले उम्मेद्वारी दर्ता गराएका छन । जसमा नेपाली काँग्रेस तर्फ वाट गाँउपालिका प्रमुखमा लोकराज केसी र उप–प्रमुखममा धनपति देवी यादव , एमाले वाट कुलराज गिरी प्रमुख र उप–प्रमुखमा सीता यादव , त्यस्तै माओवादी केन्द्रको तर्फवाट श्याम कुमार झाँक्री प्रमुख र पुष्पा यादव उप–प्रमुखमा उम्मेद्वारी दर्ता गराएको छन ।
राप्रपा तर्फ वाट गाँउपालिका प्रमुखमा रामसुरज अहिर र उप–प्रमुखमा पुष्पा कुमारी कुवर , फोरम लोकतान्त्रिक तर्फवाट विन्तीराम यादव र उप–प्रमुखमा लक्ष्मीदेवी चौधरी र राष्ट्रिय जनमोर्चा तर्फ वाट प्रमुखका लागि राज कुमार विक र उप–प्रमुखका लागि सुर्जमाया घर्तिले उम्मेद्वारी दर्ता गराएका छन । त्यस्तै राप्ती गाँउपालिकाको प्रमुख र उपप्रमुख , वडा अध्यक्ष र वडा सदस्यहरु गरी पनि २ सय ५२ जनाले उम्मेद्वारी दर्ता गराएका छन । जसमा नेपाली काँग्रेसको तर्फवाट गाँउपालिका प्रमुखका लागि लुमानन्द सुवेदी र जगदम्वा कुमारी चौधरीले उम्मेद्वारी दर्ता गराएका छन । एमालेको तर्फ वाट खिम वहादुर केसी र उप–प्रमुखमा हिमाली न्यौपाने , माओवादी केन्द्रको तर्फवाट श्यामेश चौधरी प्रमुख र उप–प्रमुख भगवता अधिकारी , राप्रपाको तर्फ वाट राम प्रसाद चौधरी प्रमुख र उपप्रमुखमा कमला वैद्यिक , राष्ट्रिय जनमोर्चाको तर्फवाट गाँउपालिका प्रमुखमा नर वहादुर खत्री र उप–प्रमुखमा चमेली चौधरी र नयाँ शक्ति पार्टी नेपालको तर्फ वाट नन्द कुमार चौधरी प्रमुख र भुमी गुरुङ उप–प्रमुखमा उम्मेद्वारी दर्ता गराएको निर्वाचन कार्यालय दाङले जनाएको छ । भने राप्ती गाँउपालिकाको प्रमुख पदका लागि स्वतन्त्र तर्फ वाट निम वहादुर घर्ति मगरले उम्मेद्वारी दर्ता गराएका छन । वडा न. १ र ४ को वडा अध्यक्षका लागि लेखनाथ भुषाल र समिता चौधरीले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यलय दाङले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।