आजको राशिफल



वि.सं. २०७४ साल चैत १३ गते। मंगलबार। इश्वी सन् २०१८ मार्च २७ तारिख। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– एकादशी, २४:२९ बजेउप्रान्त द्वादशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Aries
अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। अस्वस्थताले काममा बाधा पुर्याउला। बाध्यताले अलमल्याउन सक्छ। व्यापारमा समेत ठूलो उपलब्धि हासिल गर्न नसकिएला। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus
मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुपर्ला। सेवामूलक कामबाट भने राम्रो उपलब्धि प्राप्त हुनेछ। सहयोगीहररूले साथ दिनाले रोकिएका काम बन्नेछन्। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini
बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झाउन सफल भइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। तर, दिइएकोको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला। ईर्ष्या गर्नेहरूले पनि बाधा पुर्याउनेछन्। अरूको विषयमा चासो राख्दा दु:ख पाइनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo
परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ला। समयमा होस नपुग्नाले काम रोकिन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। खर्च बढ्नाले आर्थिक अभाव देखा पर्ला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ। कर्मफलले मन प्रसन्न रहनेछ। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ भने जीवनशैलीमा परिवर्तन आउनेछ। तर पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा पनि केही धन बाहिरिने समय छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libra
केही अवरोध भए पनि कर्मको प्रतिफल पाइनेछ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। प्रतिष्ठित काम शुभारम्भ गर्ने मौका छ। विशेष अवसरले दैनिकीमा परिवर्तन ल्याउनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। शुभचिन्तकहरूले सहयोग जुटाउनेछन्। तर विगतका कमजोरी बाहिर आउनाले समस्या पर्ला। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpio
सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। व्यापार-व्यवसाय बढ्नेछ भने श्रमको राम्रो उपलब्धि हात पार्न सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius
दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। विवादले समस्या निम्त्याउन सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn
मनोरञ्जनमा अलमलिँदा लक्ष्य प्राप्त गर्न पछि परिनेछ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आए पनि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। यात्राको अवसर पनि प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquarius
हिम्मतले काम लिँदा मनग्गे लाभ हुनेछ। चिताएको काम बनाउन सकिनेछ। समयमा स्रोतसाधन जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई पनि पाठ सिकाउन सकिनेछ। केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। दिगो फाइदाको स्रोत पहिचान गरी अघि बढ्न सकिनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्