आजको राशिफल



वि.सं. २०७४ साल चैत १५ गते। बिहीबार। इश्वी सन् २०१८ मार्च २९ तारिख। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– त्रयोदशी, २०:३३ बजेउप्रान्त चतुर्दशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Aries
स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। व्याहारमा अलमलिनुपरे पनि लगनशीलताले सफलता दिलाउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन पनि केही समय जुट्नुपर्ला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आसलाग्दो काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini
अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। तर, विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo
समयमा सजग नहुँदा महत्वाकांक्षी योजना बिग्रन सक्छ। व्यवहारमा केही चुनौती देखा पर्नेछन् भने केही अप्ठ्यारो परिस्थिति पनि सामना गर्नुपर्ला। आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। भेटघाटमा अलमलिनाले चिताएका काममा बाधा उत्पन्न होला। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्ती व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libra
मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpio
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius
अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि चिताएको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्ला। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। नचिताएको क्षेत्रबाट फाइदा हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquarius
परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भौतिक सुविधाको सोखले खर्च निम्त्याउन सक्छ। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। स्वास्थ्य प्रतिकूल रहे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झाउन सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्