आजको राशिफल : बि.स.२०७४ चैत्र १६ गते । शुक्रबार । ईश्वी सन् २०१८ मार्च ३० तारिख । नेपाल सम्बत् ११३८ ।



बि.स.२०७४ चैत्र १६ गते । शुक्रबार । ईश्वी सन् २०१८ मार्च ३० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्लपक्ष । तिथि चतुर्दशी २२ घडी ३८ पला,बेलुका ७ बजेर ३ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र पूर्वाफाल्गुनि,२ घडी २२ पला,बिहान ६ बजेर ५६ मिनेट उप्रान्त उत्तरफाल्गुनि । योग गंड ८ घडि ४२ पला,बिहान ९ बजेर २८ मिनेट उप्रान्त बृद्धि । करण गर,बिहान ७ बजेर ४५ मिनेट उप्रान्त वणिज,बेलुका ७ बजेर ३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि सिंह ।

काठमाडौंमा सूर्योदय ५ बजेर ५९ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २० मिनेट । दिनमान ३० घडी ५१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आकस्मिक धनसम्पति लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । भौतिक बस्तु तथा सवारि साधन प्राप्तिको योग रहेको छ । पढाई लेखाईमा राम्रो प्रगति हुनेछ भने बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले मामा तथा मावली पक्षसँग मनमुटाब सिर्जना हुनेछ । कुनै पनि प्रतिष्पर्धामा अरुभन्दा पछि परिने योग रहेकोछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला ।

शुभ अंक — १,७ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिहानको समय मध्ययम रहेकोले साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । मध्यान्हबाट समय उत्तम रहेकोले परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो झनै कसिलो हुनेछ । पढाई लेखाईमा उत्कृष्ट अंक ल्याई बिजय हुने योग रहेकोछ भने बौद्धिक कार्यमा सहभागि भई प्रश्तुति दिने अवसर प्राप्त हुनेछ ।

शुभ अंक — २,५ शुभ दिशा — पश्चिम

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुँनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ ।

शुभ अंक — ३,४ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार बिस्तार गरि प्रशस्त धन सम्पति तथा आय आर्जन गर्न सकिनेछ । नयाँ साथि संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउनेछ । पारिवारिक माहोलमा तथा धार्मिक समारोहमा जमघट भई मिठा मिठा परिवारको स्वाद लिदै रमाईलो गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले दाजुभाई तथा बन्धु बान्धब सँग मनमुटाब सिर्जना हुनेछ । छोटो दुरिको यात्राको तय गर्न सकिने भएपनि गन्तब्य पहिल्याउन मुश्किल पर्नेछ ।

शुभ अंक — १,४ शुभ दिशा — पश्चिम

शुभ रंग — खरानि काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कला,साहित्य तथा नृत्य प्रतियोगितामा सहभागि भई प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावसायमा प्रशस्त नाफा कमाउन सकिनेछ । माया प्रेम तथा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्ने जिम्मा तपाईको काँधमा आउनेछ ।

शुभ अंक — २,५ शुभ दिशा — उत्तर

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बिहानको समय मध्यमय रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मध्यान्हबाट व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा बिलाशिताका सामानहरु प्रयोग गर्न पाईने हुँदा दैनिकि फेरिनेछ । प्रतिष्ठित ब्याक्तिहरुको सँगत तथा भेटघाटले पृथक तथा उपलब्धिमुलक योजना बनाउन ठुलै सहयोग पुग्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् ।

शुभ अंक — ३,६ शुभ दिशा — पुर्व

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरकारि साधन तथा प्राकृतिक स्रोतको प्रयोेग मार्फत आम्दानिका बाटाहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँने हुँनाले आफन्त तथा गुरुजनहरु खुसि रहनेछन् । भौतिक तथा सवारि साधन प्राप्तिको योग रहेको छ । चिठ्ठा तथा उपाहार प्राप्तिको गतिलो सम्भावना रहेको छ । छोटो समय लगाएर गरिएको प्रयासबाट सार्थक तथा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । मध्यान्ह पछि लामो दुरिको उपलब्धि मुलक यात्रा हुँने हुँनाले मन प्रशन्न हुँनेछ । बिदेशि भुमिमा बसेर गरिने ब्याबसाय तथा कामधन्दा फस्टाएरु जाने हुँनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक — ३,७ शुभ दिशा — उत्तर

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सम्मानित काम गरेर समाजमा नाम,दाम तथा ईज्जत प्रतिष्ठा कमाउँन सकिनेछ । तपाईको कामबाट बिशिष्ट ब्याक्तित्वहरु प्रफुल्लित हुनेछन् । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरेर प्रसिद्धि कमाउँने समय रहेको छ भने अरुलाई प्रभावमा पारेर आफ्नो काम फत्ते गर्न सकिनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । मध्यान्हपछि प्राकृतिक स्रोत तथा खनिज पदार्थ सँग सम्बन्धित बस्तुहरुको व्यावसाय फस्टायर जानेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा सवारी साधन प्राप्तिको योग रहेको छ ।

शुभ अंक — ५,९ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त तथा छिमेकिको काम गरेर समाजमा सम्मानित जीवन जिउँन सकिनेछ । भाग्यले साथ दिने हुँदा ईष्टमित्रहरुको सहयोगमा छोटो समयमा महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेममा सुमधुरता बढेर जाने हुँनाले मन प्रफुल्लित हुनेछ । मध्यान्हपछिको समय मध्ययम रहेकोले सरकारि तथा प्रशासनिक क्षेत्रमा झन्झट हुने तथा सेवा प्रबाह गर्नेहरुले तपाईको काम समयमा नगर्दिनाले राम्रा उपलब्धिहरु गुम्नेछन् । आफन्त तथा अग्रज सँग बिवाद बढ्नेछ भने प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मनमुटाब बढ्ने योग रहेकोछ ।

शुभ अंक —३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउन सक्ने हुनाले खानपानमा ध्यान दिनुहोला । बिद्यामा सफलता पाउँन निकैनै संघर्ष गर्नु पर्नेछ । पति पत्नि बिच मनमुटाब बढ्नेछ भने माया प्रेममा धोका हुन सक्छ । मध्यान्हपछि समयमा सुधार आई रोकिएर बसेका कामहरु नियमित सुचारु हुनेछन् । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रामो प्रशस्त सम्भावना रहेकोछ । मन्दिर तथा धार्र्मिक अनुष्ठानतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पढाई लेखाईमा केहि मात्रामा सुधार भएर जानेछ ।
शुभ अंक — १,६ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुले एक अर्कालाई बिश्वास गर्दै सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ भने मध्यान्ह पछि आर्थिक ब्याबस्थापनको अभावले व्यापार व्यावसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

शुभ अंक — ५,७ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउँनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने खर्च बढ्न सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ४,९ शुभ दिशा — दक्षिण

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

तपाईको दिन शुभ रहोस् ।

नोट : रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

.

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्