आजको राशिफल



वि.सं. २०७४ साल चैत १६ गते। शुक्रबार। इश्वी सन् २०१८ मार्च ३० तारिख। नेपाल संवत् ११३८ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– चतुर्दशी, १९:०३ बजेउप्रान्त पूर्णिमा।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Aries
अस्वस्थताले केही बाधा पुर्याउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। गुरुजनको सहयोग तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मध्याह्नपछि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। तर बलजफ्ती गर्ने बानीले चुनौती निम्त्याउनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन्। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिने सम्भावना देखिएकाले सजग रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurus
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। परिस्थिति अलि प्रतिकूल रहनाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। मध्याह्नदेखि स्थितिमा सुधार हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। पढाइलेखाइमा प्रतिभाको कदर हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Gemini
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। तर मध्याह्नपछि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। तापनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। टाढिएका आफन्त तथा साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancer
अरूको विषयमा चासो राख्दा नैतिक प्रश्न देखापर्न सक्छ। साझेदारीमा विवाद आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। मध्याह्नदेखि परिस्थिति अलि संघर्षपूर्ण रहे पनि अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थिति आफ्नै पक्षमा हुनेछ। मिहिनेतले आस मारेको नतिजा सच्याउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leo
काममा आँट गर्न नसक्दा अरूले फाइदा उठाउन सक्छन्। कमजोर नतिजाले उत्साहमा कमी आउला। समयमा सूचना नहुँदा पछि परिनेछ। आगन्तुकले अलमल्याउन सक्छन्। तापनि मिहिनेत गर्दा बिस्तारै लाभ उठाउन सकिनेछ। मध्याह्नदेखि पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि अध्ययनमा प्रगति गर्न सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgo
काममा लगानी बढाउने समय छ। तत्काल उद्देश्य भने पूरा नहुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। तर, आफन्तजनबाट टाढिनुपर्ने हुन सक्छ। खर्च बढ्नाले अर्थ अभाव देखिनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libra
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। अर्थ संग्रहमा बाधा पुग्नेछ। लगनशील बन्दा नियमित काम सम्पादन हुनेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpio
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। मिहिनेत गर्दा दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। साझेदारीमा फाइदा हुनेछ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। व्यवसायमा प्रशस्त लाभ हुनाले अर्थ सञ्चय गर्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittarius
आफ्नै बेहोसीले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। अवसरका लागि काम दोहोर्याउनुपर्ला। मध्याह्नदेखि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापारमा राम्रो फाइदा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricorn
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला, दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारीसमेत प्राप्त हुने सम्भावना छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquarius
प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यापार–व्यवसायमा सामान्य लाभ हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। साँझदेखि सानातिना समस्यामै अल्झनुपर्ला। स्वास्थ्य कमजोर रहनेछ भने चिताएको काम सम्पादन गर्न नसकिएला। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
हिम्मतले काम लिँदा मनग्गे फाइदा हुनेछ। मिहिनेत गर्दा पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। मध्याह्नपछि प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोखले खर्च बढाए पनि परिवारजनको साथले मन उत्साहित हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्