श्रीमानको अबस्था सार्वजनिक गरिदिन श्रेष्ठ परिवारको परराष्ट्र मन्त्री संग आग्रह



दाङ, असार ५।  उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालले तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको परिवारलाई घरमै परिवार संग भेटघाट गर्नु भएको छ । आइतबार तुलसीपुर ५ स्थित श्रेष्ठको घरमै गएर नेकपा माओवादी केन्द्रका नेता समेत रहेका महरालले उहाँको परिवार संग भेटघाट गर्नु भएको थियो ।
अपहरणमा परेको आशंका हुँदै आएका श्रेष्ठकी पत्नी निर्मला श्रेष्ठले उपप्रधानमन्त्री महरालाई आफ्ना श्रीमानको बारेमा सत्य तथ्य बाहिर ल्याउन आग्रह गर्नु भएको थियो ।  निर्मलाले ‘उहाँको अवस्था के हो ज्यूँदो छकि छैन, यदी हत्या भएको भए पनि शव पाउनुपर्छ भन्नुभयो । निर्मलाले आफ्ना श्रीमानको कोही कसैसँग झैंझडा र रिसिवी भएको आफूले थाहा नपाएको जानकारी दिँदै के कारणले उहाँको अपहरण भएको सत्य तथ्य सार्वजनिक गर्न माग गर्नुभयो ।
Mahara
श्रेष्ठका छोरा  निरज श्रेष्ठले पनि आफ्ना बाबाको अवस्था यथासक्य चाँडो सार्वजनिक गर्न माग गर्नुभयो ।  यसअघि तुलसीपुरकै रत्नबहादुर ओली जंगलमा मृत अवस्थामा फेला पर्नु र अहिले पनि त्यस्तै घटना दोहरीनुले तुलसीपुर असुरक्षित रहेको तथ्य उजागर भएको भन्दै सुरक्षा व्यवस्था भरपर्दो गराउन माग आग्रह गर्नुभयो ।
संयुक्त राष्ट्र संघले पनि ५८ वर्षीय राजकुमार श्रेष्ठ, अन्दाजी ३२ वर्षीय घोराहीका रणबहादुर घर्ती र थप अर्को एक जना महिला अपहरणमा परेको खबर सार्वजनिक भएपछि आफ्ना कर्मचारीहरुलाई तुलसीपुरमा रात नबस्न सचेत गराएको छ।तुलसीपुर असुरक्षित भएको भन्दै  संयुक्त राष्ट्र संघले कामको सिलसिलामा दिनभर खटिएता पनि रातको समयमा भने अन्यत्र सुरक्षित स्थानमा गएर वास वस्न आफ्ना कर्मचारीलाई निर्देशन दिएको हो।

यसैबीच उपप्रधान र गृहमन्त्री दुबै राप्ती कै हुँदा पनि श्रीमान अपहरणमा परेको यतिका दिन वितिसक्दा उहाँको सत्य तथ्य अवस्था सार्वजनिक गर्न नसक्नुले राज्यले वास्ता नगरेको परिवारजनको गुनासो थियो।जवाफमा उपप्रधानमन्त्री महराले राजकुमारजीको अपहरणको विषयमा यसअघि नै गृहमन्त्रीसँग आफूले कुरा गरेको भन्दै उहाँलाई सकुशल उद्धारका लागि राज्यले कुनै कसुर बाँकी नराख्ने आश्वासन दिएका थिए।

उनले तत्कालै त्यहीबाट फोन सम्पर्क गरि राजकुमार श्रेष्ठको बारेमा राप्ती अञ्चल प्रहरी प्रमुख एवं श्रेष्ठको खोजीका लागि गठिन समितिका संयोजक एसएसपी ज्ञान विक्रम शाहसँग बुझेका थिए । शाहले जति हुन्छ छिटो उहाँको अवस्था बारे तथ्य सत्य सार्वजनिक गर्ने गरी प्रहरी लागि परेको बताएका थिए।

जेठ २६ गते साँझ तुलसीपुरको एक कार्यक्रममा सहभागी भएका व्यापारी श्रेष्ठ सोही दिन रातको साढे ९ बजेदेखि वेपत्ता रहेको प्रहरीले बताएको छ। उनले प्रयोग गर्दै आएको निजी जिप भने छिमेकी जिल्ला सल्यानको जंगलमा फेला परेको थियो। जहाँ अर्को इन्डियन प्लेटको जिप पनि फेला परेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्