को सित सल्केकी थिइन त निशा जसका कारण उनको ज्यान गयो



खाना खाइसकेपछि टिभी हेर्दै निदाएकी निशाले मध्यराति चट्याङ परेजस्तो आवाज सुनिन्। निन्द्राबाट उठ्दा उनीकी आमा रोइरहेकी थिइन्। कोखाबाट रगत बगिरहेको देखेपछि १२ वर्षीया निशाको होस् उड्यो। उनले आमालाई छुन नपाउँदै अर्को आवाज आयो र उनकी आमा ओझ्यानबाट तल ढलिन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

घटना बिहीबार मध्यरातको हो। बाँकेको डडुवा गाउँपालिका-३ वनकट्टिीकाकी १२ वर्षीया निशा वर्माले आफ्नी २८ वर्षीया आमा शान्तिदेवी वर्माको हत्या आफ्नै आँखा अगाडि देखिन्। उनकी आमाले दुई हात जोडेर नमार्न अनुरोध गरिरहेकी थिइन्। तर, निर्दयी सञ्जयले पत्नीको चित्कार नै नसुनी दोस्रो पटक बन्दुक लोड गरे र पत्नीमाथि प्रहार गरे।

साँझ मिठा कुराकानी गर्दै सुतेका बाबाले आमाको यसरी हत्या गरेको देखेपछि उनी कोठाबाट भागिन्। तेस्रो पटक बन्दुक लोड गर्दै गरेका बुबा सञ्जयकुमार बर्माले आफूलाई समेत मार्न सक्ने डरले उनी बज्यै भएको कोठमा पुगिन्। दुईपटक बन्दुक पड्केको आवाजले तत्लोतलामा सुतेकी सञ्जयकी आमाको निद्रा खुलिसकेको थियो।

उनले भाग्दै आएकी नातिनीलाई बाहिर निकालिन्। अर्धपागल झै भएका सञ्जय कुमारले श्रीमती मारेको देखेपछि उनकी आमाले बाहिरबाट ढोकाको चुकुल लगाइदिन्। आँखै अगाडि आफ्नै बाबुले सुतिरहेकी आमामाथि निर्मम तरिकाले गोली वर्षाउँदै हत्या गरेपछि निशाको चेत खुल्न सकेको छैन।

तत्कालै मध्यराति १२ बजे नजिकैको प्रहरी चौकी बनकट्टीबाट खटिएको प्रहरी हतियारसहित सञ्जय कुमारलामई नियन्त्रणमा लियो। निशाले बुबाले आफूलाई समेत बन्दुक ताकेको भन्दै अझैसम्म डराइरहेकी छिन्।

छोरी निशालाई उदृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार पहिले कोखामा गोली हानीसकेपछि थाहा पाएर बन्दुक खोस्न खोज्दा दोस्रो राउण्ड शान्तिदेवीको हातमा लागेको थियो। रिसले चुर भएका सञ्जयले तेस्रो राउण्ड लोड गर्न लागेको मौकामा डराएकी निशा घटनास्थलबाट भागेर तल्लो तला पुगेकी थिइन्। पारिवारिक स्रोतका अनुसार सञ्जयले यसअघि पनि पत्नी शान्तीदेवीलाई ज्यान मार्ने प्रयास गरेका थिए। परपुरुषसँग सम्बन्ध गाँसेको भन्दै निर्घात कुटपिट गर्नुका साथै विष खुवाउने प्रयास समेत गरेका थिए। मृतक शान्तिदेवीको शव पोष्टमार्टम गरी उनकै जेठाजुको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

छिमेकीले लामो समयदेखि मानसिक रोगका विरामी सञ्जयले औषधि सेवन गरिरहेका थिए। उनले एक पटक आफ्नै आमालाई आक्रमण गरेका थिए। बन्दुकको गोलीबाट शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले घटना भएको कोठमाबाट दुई राउण्ड खोका समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा शाखाका इन्जार्च एवम् प्रहरी निरीक्षक रणबहादुर बिष्टका अनुसार आफ्नै नाममा दर्ता भएको बाह्रबोर बन्दुकले दुई राउण्ड गोली प्रहार गरी बर्माले हत्या गरेका थिए। ‘घटना लगत्तै वनकट्टी र जिल्लाबाट प्रहरी टोली पुगेर अभियुक्तलाई नियन्त्रणमा लिएका हौं,’ विष्टले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ३० वर्षीय सञ्जयकुमारले आफ्नी पत्नी परपुरुषसँग सम्बन्धमा रहेकाले आफूले सहन नसकी गोली हानेको स्वीकारेका छन्। उनले आफू डिप्रेशनको बिरामी भए पनि पटक-पटकको आग्रहमा पत्नीले नमान्दा अन्त्यमा रिसले सहन गर्न नसकेर गोली हानेको बताएको प्रहरीले जनाएको छ। इसेन्ससहितको हतियार नियन्त्रणमा लिन छिमेकीले बारम्बार प्रहरीलाई अनुरोध गरेपनि सञ्जयले आफूलाई असुरक्षा भएको भन्दै बन्दुक प्रहरीलाई बुझाएका थिएनन्। तस्बिर गुगुल बाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्