रोल्पा नगरपालिकामा १३ जनाको उम्मेदवारी फिर्ता



असार ६ ,

रोल्पा नगरपालिकाबाट १३ जनाले स्थानीय तह चुनावका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

फिर्ता लिएका सबै स्वतन्त्रमा उम्मेदवारी दिएकाहरु रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पा नगरपालिकाले जनाएको छ ।

मेयर लागि स्वतन्त्रबाट उम्मेदवार दिएका ऋषिराम रोका, उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी देउकला कुमारी घर्तीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

यस्तै वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएकाहरु लोकबहादुर बाँठा, हर्कबहादुर डाँगी, नरबहादुर डाँगी, प्रबलकुमार पुरी, मोलङ घर्ती, यामबहादुर कामी, मोहनबिक्रम केसी, जगबहादुर वली, खुमबहादुर थापा र हरिबहादुर मल्लले उम्मेदवारी फिर्ता लिएका छन् ।

सदस्य पदमा उम्मेदवारी दिएका कर्णबहादुर केसीले पनि उम्मेदवारी फिर्ता लिएको रोल्पा नगरपालिका सहायक निर्वाचन अधिकृत सिताराम अर्यालले जानकारी दिए ।

रोल्पा नगरपालिकामा १६ हजार १५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्