दाङका १३६ मतदान स्थल संवेदनशील



दाङ, असार ६ –

स्थानीय प्रशासनले असार १४ हुने स्थानीय तहको चुनावमा दाङका १ सय ३६ मतदान स्थललाई सुरक्षाका हिसाबले संवेदनशीलको सूचिमा राखेको छ ।

स्थानीय प्रशसानका अनुसार १ सय ५१ मतदान स्थल मध्ये चार अतिसंवेदनशील, १ सय ३६ संवेदनशील र ११ मतदानस्थल सामन्यको सूचिमा परेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रशासनले मुख्य सुरक्षा चुनौतका रुपमा लिएको छ । नेपाल-भारतको खुला सिमाना, सुरक्षाको पहुँच कम हुनु, चुनाव बिथोल्न सक्ने शक्ति र विगतको अवस्थालाई ध्यानमा राखेर मतदान स्थललाई वर्गिकरण गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्