आचारसंहिता विपरित नजान पत्रकारलाई आग्रह



दाङ, असार ६ । पत्रकार आचार संहिता भन्दा बाहिर जान नहुने मंगलवार घोराहीमा आयोजित कार्यक्रममा बोल्ने सहभागीहरुले वताएका छन् ।पत्रकार महासंघ दाङको संयोजन एवं प्रेस काउन्सिल नेपालको आयोजनामा घोराहीमा भएको पत्रकार आचारसंहित पालनामा काउन्सिल र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वत्ताहरुले यस्तो वताएका हुन ।
त्यस अबसरमा बोल्ने बत्ताहरुले राजनितिक दलहरुले नै स्थानिय तहको निर्वाचन प्रचार प्रसारका क्रममा निर्वाचन आयोगले जारी गरेको आचार संहिता पार्टीहरुले नै उल्लङ्घन गरेको वताएका थिए । दलहरुले आयोगकै आचार संहिता विपरित कार्य गर्दै आएको वताएका थिए । कार्यक्रमम बोल्दै प्रेस काउन्सिल नेपालका सुविक्षा बिन्दु कुवरले पत्रकार आचार संहिता विपरित कार्य गर्ने अनलाईन तथा पत्र पत्रिकालाई कारवाही गरेको वताउनुभयो । पहिलो चरणको स्थानिय तहको निर्वाचन सुरु भएसंगै देशभरका संचार माध्यमको अनुगनका क्रममा प्रेस काउन्सिल निश्किउको वताउँदै १२ वटा अनलाईन, २६ वटा पत्रपत्रिका लाई कारवाही गरेको उल्लेख गर्नु भयो ।

11
पत्रकार आचारसंहिता विपरित पत्रकारहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका विषयका समेत सचेत बनाएको वताउनुभयो । माओवादी केन्द्र दाङका ईञ्चार्ज एवं घोराही उपमहानगरपालिका उम्मेदवार जिवन गौतमले पत्रकारहरु निर्वाचनका क्रममा आफनै आचार संहिता भित्र बसेर समाचार लेग्नु पर्ने वताउनुभयो । यस्तै एमालेका मेयर पदका उम्मेदवार नरुलाल चौधरीले पत्रकार दोहोरो भुमिका हुदा सामाजिक संरचना भत्कने बताउनुभयो । त्यस अबसरमा बोल्दै राप्रपा नेपालका मेयर पदका उम्मेदवार भोलानाथ योगीले साना दललाई पत्रकारहरुले पनि हेप्ने प्रवृति बढ्दै गएको उल्लेख गर्नुभयो । संचार माध्यम र संचारकर्मीले ठुला राजनितिक दललाई मात्र प्राथमिकता दिएको भन्दै त्यसो नगर्न पत्रकारलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा एमाले उपमेयर पदका उम्मेदवार सिता न्यौपानेले महिलाका मुद्धाहरुका पत्रकारहरुले वेवास्था गर्दै आएको वताउनुभयो । महिलाका विषयमा उठ्नु पर्ने विषयहरु अझै आउन नसकेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो । कार्यक्रममा निर्वाचन आयोगका प्रतिनिधी गणेश अर्याल, प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्ले,नागरिक समाज दाङका सचिव चन्द्रराज पन्त, मानव अधिकारकर्मी विनोद केसी, लोकराज पराजुली, महिला अधिकारकर्मी साजिद्धा सिद्धिकी लगायतले बोल्नु भएको थियो । पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भुप्रेन्द्र ओलीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्