दाङमा हुने क्रिकेट प्रतियोगिताको तयारी पुरा



देवी भन्डारी/ दाङको काभ्रेमा हुने क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

युवा क्लब तथा रोयल तपाली युवा क्लबको आयोजनामा यही चैत २५ गतेबाट सन्चालन हुने क्रिकेट प्रतियोगिताको अन्तिम तयारी समेत पुरा भएको आयोजकले जनाएको हो ।

हरेक बर्ष जस्तै यो वर्ष पनि नव वर्ष २०७५ को उपलक्ष्यमा कार्यक्रमको आयोजना गरीएको कार्यक्रम संयोजक हिमाल महराले जानकारी दिनुभएको छ।

कार्यक्रक बङगलाचुली गाँउपालिका ३ कमिरेचौरमा सन्चालन हुनेछ ।

कार्यक्रममा साविक सौडीयार गाविस,डु?वागाँउ,अठ्ठाईसे र बङगलाचुली गाँउपालिका गरी अहिलेसम्म ८ ओटा टिमले टिम दर्ता गराएका छन ।

कार्यक्रममा प्रथम पुरस्कार १५हजार १ सय ११,कप,मेडल र प्रमाण पत्र, द्धितिय पुरस्कार १० हजार १ सय ११ कप मेडल र प्रमाण पत्र समेत रहेको कल्बका अध्यक्ष तेजप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

पहाडी क्षेत्रमा पनि क्रिकेटमा मोह भएको युवा भएकाले उक्त खेलको आयोजना गरीएको अध्यक्ष पौडेलले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्